काठमाडौं। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली दशककै उत्कृष्ट आईसीसी पुरुष एकदिवसीय क्रिकेटर बन्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार कोहलीलाई दशकको उत्कृष्ट आईसीसी पुरुष एकदिवसीय क्रिकेटर घोषित गरेको हो।
कोहलीले पछिल्लो दशकमा दश हजारभन्दा धेरै रन बनाएका छन्। कोहलीले ३९ शतक तथा ४८ अर्धशतक बनाएका छन्। उनले ६१.८३ को औसतमा रन बनाएका छन्। कोहलीले ११२ वटा क्याच लिएका छन्।
अवार्ड जितेपछि कोहलीले व्यक्तिगत प्रदर्शनमा भन्दा आफ्नो एक मात्र लक्ष्य टीमको जितमा योगदान गर्नु रहेको बताएका छन्।
“मेरो ध्यान टीमको जितमा योगदान गर्नका लागि मात्र हुन्छ। म प्रत्येक खेलमा टीमको जितका लागि खेल्ने प्रयास गर्छु,’’ कोहलीले भने, “व्यक्तिगत उपलब्धी त्यसको सहउत्पादन हो।”
कोहलीले २०११ मा आईसीसी विश्वकपको उपाधि जितेका थिए। त्यस्तै २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेका कोहलीको कप्तानीमा भारतले दुई वर्षअघि अस्ट्रेलियामा टेष्ट शृंखला जितेको थियो।
यो एक दशकमा कोहलीले सबै स्वरुपको क्रिकेटमा २० हजार तीन सय भन्दा धेरै रन बनाइसकेको छन्। त्यसमा उनले ६६ शतक तथा ९४ अर्धशतक बनाएका छन्।
" /> काठमाडौं। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली दशककै उत्कृष्ट आईसीसी पुरुष एकदिवसीय क्रिकेटर बन्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार कोहलीलाई दशकको उत्कृष्ट आईसीसी पुरुष एकदिवसीय क्रिकेटर घोषित गरेको हो।कोहलीले पछिल्लो दशकमा दश हजारभन्दा धेरै रन बनाएका छन्। कोहलीले ३९ शतक तथा ४८ अर्धशतक बनाएका छन्। उनले ६१.८३ को औसतमा रन बनाएका छन्। कोहलीले ११२ वटा क्याच लिएका छन्।

">