काठमाडौं। लियोनेल मेसीले एउटै क्लबका लागि गोल गर्ने पेलेको कीर्तिमान तोडेको चर्चा चलेसँगै सान्तोषले अनपेक्षित रुपमा त्यो चर्चाविरुद्ध नयाँ तथ्य सार्वजनिक गरेको छ।
ब्राजिली क्लब सान्तोषले विश्व फुटबलका महान हस्ती पेलेले क्लबका लागि मैत्रीपूर्ण खेलहरुमा गरेका गोललाई बेवास्था गरिएको गुनासो गरेको छ।
बार्सिलोना कप्तान लियोनेल मेसीले डिसेम्बर २२ मा रियाल भालाडोलिडमाथि ३-० को जित हासिल गर्दा टोलीका लागि ६४४औं प्रतिस्पर्धात्मक गोल गरेका थिए। जससँगै पेलेले सान्तोषका लागि आधिकारिक प्रतियोगिताहरुमा गरेको कुल गोलसंख्या ६४३ लाई उछिनेका थिए। ब्राजिललाई तीन पटक विश्वकप उपाधि जिताउन योगदान गरेका सान्तोषका पूर्व फरवार्ड पेलेले तत्कालै अर्जेन्टिनाका स्टार मेसीलाई बधाई दिएका थिए।
तर सान्तोषले भने कीर्तिमानमाथि चर्चा गर्दा वा निश्कर्षमा पुग्दा पेलेले क्लबका लागि मैत्रीपूर्ण खेलमा गरेका गोलहरुको पनि मुल्यांकन गर्नुपर्ने बताएको छ। मैत्रीपूर्ण खेलमा गरेको गोलको पनि महत्व प्रतिस्पर्धात्मक खेलमा गरेभन्दा कम नहुने टोलीको तर्क छ। सान्तोषका अनुसार पेलेले मैत्रीपूर्ण खेलहरुमा ४४८ गोल गरेका थिए।
सान्तोषका इतिहासकार फर्नान्डो रिबेइरोले क्लबको वेभसाइटमा ‘किङ पेले- सान्तोष फुटबल क्लबका लागि १,०९१ गोल’ शीर्षकमा लेख लेख्दै पेले अझै पनि विश्व फुटबलको सच्चा नेता र सर्वोत्कृष्ट खेलाडीका रुपमा कायम रहेको दाबी गरेका छन्।
“पछिल्ला केही दिनमा सान्तोषको जर्सीमा पेलेले गरेका गोलको वारेमा विभिन्न समाचार तथा सामाजिक सञ्जालमा धेरै कुरा आएका छन्। केही तथ्यांकशास्त्रीका अनुसार बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनेल मेसी ६४४ गोलका साथ एउटै क्लबका लागि सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन्। मैत्रीपूर्ण खेलका तथ्यांक त्यसमा समावेश छैनन्। उनीहरुले ‘आधिकारिक गोल’ को सव्दावली प्रयोग गरेका छन्,” रिबेइरोको लेखमा उल्लेख छ।
लेखमा पेले स्वयमले मेसीलाई बधाई दिएको विषय पनि उल्लेख गरेका रिबेइराले ८० वर्षे पेलेले १९६० र १९७० मा खेलेको फुटबलको सम्मान गरिनुपर्ने तर्क गरेका छन्। उनले मैत्रीपूर्ण नाम दिइए पनि क्लबको जर्सीमा खेलिएका खेलहरु प्रतिस्पर्धात्मक हुने र त्यसमा भएका गोल तथा जित–हारका नतिजाले पनि समान अर्थ राख्ने उनको तर्क छ।