काठमाडौं। अस्ट्रेलियाविरुद्धको ‘बक्सिङ डे’ टेस्टमा तेस्रो दिन सकिँदा भारत बलियो स्थितिमा पुगेको छ।
पहिलो इनिङमा १३१ रनले पछि परेको अस्ट्रेलिया तेस्रो दिन सकिँदा दुई रनको अग्रता लिन सफल भएको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले १३३ रन जाड्दा ६ विकेट गुमाइसकेको छ।
मेलबर्न क्रिकेट मैदानमा अहिले घरेलु टिमका क्यामरुन ग्रिन १७ तथा पाट कुमिन्स १५ रन बनाएर क्रिजमा छन्।
दोस्रो इनिङमा अस्ट्रेलियाका ओपनर म्याथ्यु वेडले ४०, मार्नस लाबुसेनले २८ र ट्रभिस हेडले १७ रन बनाए। जो बर्नस् चार तथा स्टिभ स्मिथ आठ रन बनाएर पवेलियन फर्किए। कप्तान टीम पाइन एक रनमा आउट भए।
भारतका रविन्द्र जडेजाले दुई विकेट लिए भने जसप्रित बुमराह, उमेशकुमार यादव, रविचन्द्रन आश्विन र टेस्टमा डेब्यू गरेका मोहम्मद सिराजले एक/एक विकेट लिए।
त्यसअघि कप्तान अजिन्क्यारहानेले ११२ रन बनाएपछि पाहुना टिम भारतले पहिलो इनिङमा १३१ रनको अग्रता लिएको हो। मेलबर्न क्रिकेट मैदानमा भारतले २७७/५ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरु गर्दा रहाने १०४ तथा रविन्द्र जडेजा ४० रन बनाएर क्रिजमा थिए।
रहाने ११२ रन जोड्दा रनआउट भए। जडेजाले ५७ रन बनाए। तेस्रो दिन बिहानी सत्रमा रविचन्द्र आश्विनले १४, उमेशकुमार यादवले ९ र जसप्रित बुमराह शून्यमा आउट भए। तेस्रो दिन अस्ट्रेलियाका नाथन लियोनले दुई विकेट लिए। जोश हाज्लेउड र मिचेल स्टार्कले एक/एक विकेट लिए।
घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाएको थियो।
" /> काठमाडौं। अस्ट्रेलियाविरुद्धको ‘बक्सिङ डे’ टेस्टमा तेस्रो दिन सकिँदा भारत बलियो स्थितिमा पुगेको छ।पहिलो इनिङमा १३१ रनले पछि परेको अस्ट्रेलिया तेस्रो दिन सकिँदा दुई रनको अग्रता लिन सफल भएको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले १३३ रन जाड्दा ६ विकेट गुमाइसकेको छ।

">