काठमाडौं। अनुराधा चौधरीको अविजित अर्धशतकप्रेरित प्रदेश नम्बर २ ले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १४३ रनले पराजित गरेको छ।
अनुराधाले अविजित ६९ रन बनाएपछि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश दुईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ९ विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो।
प्रतियोगितामा प्रदेश २ को यो पहिलो जित हो।
६० बलमा ६ चौका प्रहार गरेकी अनुराधाले पहिलो विकेटका लागि शोभा आलेसँग ६६ रनको साझेदारी गरिन्। शोभाले २३ रन बनाइन्। सन्तोषी चौधरी सात रन बनाएर पवेलियन फर्किन्। त्यसपछि अनुराधाले विमला मगरसँग तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरिन्। विमलाले २५ बलमा २१ रन जोडिन्। कविता गौतम दुई रनमा अविजित रहिन्।
कर्णालीले ४३ अतिरिक्त रन दिएको थियो। कर्णालीका निशा पराजुलीले दुई विकेट लिइन् भने सुजना बोगटीले एक विकेट लिइन्।

१६६ रनको लक्ष्य पछ्याएको कर्णालीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि तृष्णा विश्वकर्माले सबभन्दा धेरै सात रन बनाइन्।
प्रदेश २ बाट सरस्वती कुमारी र कविता गौतमले समान तीन/तीन विकेट लिए। सन्तोषी र आरती चौधरीको नाममा एक/एक विकेट रह्यो।
प्रदेश २ यसअघि एपीएफसँग आठ विकेट तथा लुम्बिनी प्रदेशसँग नौ विकेटले पराजित भएको थियो। त्यस्तै कर्णाली प्रदेश एपीएफसँग २०४ रन तथा लुम्बिनी प्रदेशसँग ९ विकेटले पराजित भएको थियो।
" /> काठमाडौं। अनुराधा चौधरीको अविजित अर्धशतकप्रेरित प्रदेश नम्बर २ ले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १४३ रनले पराजित गरेको छ।अनुराधाले अविजित ६९ रन बनाएपछि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश दुईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ९ विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो।

">