पहिलो इनिङमा पाकिस्तान १९२ रन पछाडि

काठमाडौं। न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा तेस्रो दिन सकिँदा पाहुना टोली पाकिस्तान पहिलो इनिङमा १९२ रनले पछि परेको छ।

पाकिस्तानले २३९ रन बनाउँदा सबै विकेट गुमायो। पाकिस्तानले ३०/१ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो। अबिड अली १९ तथा मोहम्मद अब्बास शून्य रनको स्थितिमा थिए। अलीले २५ रन जोडे भने अब्बासले पाँच रन जोडेर पवेलियन फर्किए।

मध्यक्रमका अजहर अली ५, ह्यारिस सोहैल ३ तथा फवाद अलाम ९ विकेट बनाएर पवेलियन फर्किए। त्यति बेला पाकिस्तान ८०/६ को स्थितिमा थियो।

त्यसपछि मोहम्मद रिजवान र फहीम अश्रफले पाकिस्तानको इनिङ सम्हाले। दुई जनाले सातौं विकेटका लागि १०७ रनको साझेदारी गरे। रिजवान ७१ बनाएर आउट भए। अश्रफ ९१ रन बनाएर पवेलियन फर्किदा यासिर शाह ४ तथा शाहीन शाह अफ्रिदी ६ रन बनाएर पवेलियन फर्किए।

न्युजिल्यान्डका काइल ज्यामिन्सनले तीन विकेट लिए। टीम साउथी, ट्रेन्ट बोल्ट र नेल वाग्नरले समान दुई/दुई विकेट लिए।

कप्तान केन विलियन्सनले १२९ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङमा ४३१ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्