काठमाडौं। कप्तान अजिन्क्या रहानेको शतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा १३१ रनको अग्रता लिएको छ।
रहानेले ११२ रन बनाएपछि पाहुना टिम भारतले पहिलो इनिङमा १३१ रनको अग्रता लिएको हो। मेलबर्न क्रिकेट मैदानमा भारतले २७७/५ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा रहाने १०४ तथा रविन्द्र जडेजा ४० रन बनाएर क्रिजमा थिए।
रहाने ११२ रन जोड्दा रनआउट भए। जडेजाले ५७ रन बनाए। तेस्रो दिन विहानी सत्रमा रविचन्द्र आश्विनले १४, उमेशकुमार यादवले ९ र जसप्रित बुमराह शून्यमा आउट भए। तेस्रो दिन अस्ट्रेलियाका नाथन लियोनले दुई विकेट लिए। जोश हाज्लेउड र मिचेल स्टार्कले एक÷एक विकेट लिए।
घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाएको थियो।
" /> काठमाडौं। कप्तान अजिन्क्या रहानेको शतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा १३१ रनको अग्रता लिएको छ।रहानेले ११२ रन बनाएपछि पाहुना टिम भारतले पहिलो इनिङमा १३१ रनको अग्रता लिएको हो। मेलबर्न क्रिकेट मैदानमा भारतले २७७/५ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा रहाने १०४ तथा रविन्द्र जडेजा ४० रन बनाएर क्रिजमा थिए।

">