काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका विक्रम लामा र विमल घर्तीमगर घाइते भएपछि उपचारको लागि कतार जाने भएका छन्।
थ्रीस्टारका कप्तान विक्रमको दुई वर्षअघि खुट्टा भाँचिएको थियो। उनको त्यही चोट बल्झिएको एन्फाले जनाएको छ। विमलको भने प्रशिक्षणकै क्रममा दायाँ घुँडामा गम्भीर चोट लागेको छ।
दुवै खेलाडीको उपचारमा कतार फुटबल संघले सहयोग गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुरोधमा कतारले दुई खेलाडीको स्पेसलाइज्ड अर्थोपेडिक एण्ड स्पोटर्स मेडिसिन हस्पिटल एस्पेटरमा उपचार गरिदिने भएको हो। आइतबार साँझ दुवै खेलाडीको भिसा आएको छ।
घाइते विक्रम र विमल दुवै केही समय मैदानबाहिर हुने भएका छन्। नेपाली टोली अहिले फिफा विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छ।
" /> काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका विक्रम लामा र विमल घर्तीमगर घाइते भएपछि उपचारको लागि कतार जाने भएका छन्।थ्रीस्टारका कप्तान विक्रमको दुई वर्षअघि खुट्टा भाँचिएको थियो। उनको त्यही चोट बल्झिएको एन्फाले जनाएको छ। विमलको भने प्रशिक्षणकै क्रममा दायाँ घुँडामा गम्भीर चोट लागेको छ।

">