काठमाडौं। वेष्ट ब्रोमका सेमी अजयीले अन्तिम समयमा गोल गरेपछि इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुल घरेलु मैदानमै बराबरीमा रोकिएको छ।
रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग बराबरीमा रोकिएपछि लिभरपुलले शीर्ष स्थानमा पाँच अंकको स्पष्ट अग्रता लिने मौका गुमायो। जारी सिजन लिभरपुलले खेलेको १५ मध्ये विजय हासिल गर्न नसकेको यो छैटौं खेल हो।
जो माटिपको पासमा सडियो मानेले गरेको गोलबाट लिभरपुलले १२औं मिनेटमा अग्रता लिएको थियो। मानेले गरेको त्यही गोल योर्गान क्लोपलको लिभरपुलको जितमा निर्णायक हुने संकेत गरेको थियो।
तर खेल सकिन आठ मिनेट बाँकी हुँदा अजयीले बराबरी गोल फर्काएपछि लिभरपुल एक अंकमा चित्त बुझाउन बाध्य भयो।
१५ खेलबाट ३२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत छ। जुन दोस्रो स्थानको एभर्टनभन्दा तीन अंकले अगाडि हो। वेष्ट ब्रोम भने रेलिगेसनमा क्षेत्रमा छ। वेष्ट ब्रोमले १५ खेलबाट आठ अंक जोडेको छ।
" /> काठमाडौं। वेष्ट ब्रोमका सेमी अजयीले अन्तिम समयमा गोल गरेपछि इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुल घरेलु मैदानमै बराबरीमा रोकिएको छ।रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग बराबरीमा रोकिएपछि लिभरपुलले शीर्ष स्थानमा पाँच अंकको स्पष्ट अग्रता लिने मौका गुमायो। जारी सिजन लिभरपुलले खेलेको १५ मध्ये विजय हासिल गर्न नसकेको यो छैटौं खेल हो।

">