काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश नम्बर २ लाई ८ विकेटले पराजित गरेको छ।
दाङको लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन मात्र बनाउन सकेको थियो। प्रदेश २ का लागि ओपनरद्वय सोभा आले १३ र अनुराधा चौधरी १८ रन बनाएर पेभेलियन फर्किँदा मेलिना रायमाफी र कप्तान सरस्वती कुमारी शून्यमा आउट भए।
त्यस्तै सन्तोषी चौधरी ९ तथा आरती चौधरी ३ रनमा अविजित रहँदा विमला मगरले ६, सुना प्रविनले २ तथा गोमा आलेले र कविता गौतमले ३/३ रन जोडे। एपीएफकी कप्तान सिता राना मगरले दुई तथा रेखा रावल, करुणा भण्डारी इश्वोरी विष्ट र राजमति ऐरीले १/१ विकेट लिए।
दोस्रो इनिङमा ७३ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १३.१ ओभरमा मात्रै दुई विकेट गुमाएर पूरा गर्योत। एपीएफलाई सहज जित दिलाउन ओपनरद्वय ज्योती पाण्डेले ३० तथा कप्तान सिताले १८ रन जोडिन्।
त्यस्तै सरिता मगर ६ तथा इन्दु बर्मा १ रनमा अविजित रहे। जितसँगै समूह 'ए'मा दुई खेलबाट ४ अंक जोडेको एपीएफले लुम्बिनी प्रदेशसँग बराबरी गरेको छ। पराजित प्रदेश २ र कर्णाली प्रदेश जितविहीन छन्।