काठमाडौं। इल्के गुन्डोगन र फेरान टोरेसको गोलमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमयर लिगमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ।
घरेलु मैदान इतिहाद रंगशालामा सिटीले १४औं मिनेटमै गुन्डोगनको गोलबाट अग्रता लिएको थियो। ५५औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। त्यही दुई गोल सिटीलाई महत्त्वपूर्ण तीन अंक दिलाउन पर्याप्त भयो।
प्रिमियर लिगमा सिटीको यो लगातार दोस्रो जित हो। लिगको पछिल्लो ६ खलमा सिटी अपराजित छ। नोभेम्बर २१ मा टोटेनह्यामसँग पराजित भएपछि सिटीले अपराजित रहेको छ।
जितसँगै १४ खेलबाट २६ अंक जोडेको सिटी पाँचौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा एक तथा शीर्ष क्लब लिभरपुलभन्दा पाँच अंकले पछाडी हो। न्युक्यासल युनाइटेड भने १८ अंकका साथ १२औं स्थानमा छ।
गएराति सम्पन्न अर्को खेलमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेकाे छ।
जितसँगै १३ खेलबाट २५ अंक जोडेको एस्टन भिल्ला छैटौं स्थानमा उक्लिएको छ। १८ अंक जोडेको क्रिष्टल प्यालेस भने १३औं स्थानमा छ। साउथह्याम्पटन र फुलह्यामले भने गोलरहित बराबरी खेल्यो।
" /> काठमाडौं। इल्के गुन्डोगन र फेरान टोरेसको गोलमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमयर लिगमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ।घरेलु मैदान इतिहाद रंगशालामा सिटीले १४औं मिनेटमै गुन्डोगनको गोलबाट अग्रता लिएको थियो। ५५औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। त्यही दुई गोल सिटीलाई महत्त्वपूर्ण तीन अंक दिलाउन पर्याप्त भयो।

">