काठमाडौं। खराब लयबाट गुज्रिएको आर्सनलले बक्सिङ डेमा चेल्सीमाथि ३-१ को विजय हासिल गरेको छ।
यससँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा सात खेलसम्मको अविजित यात्रामा पुर्णविराम लगाएको छ।
आर्सनलले पहिलो हाफमै दुई शून्यको अग्रता लिएको थियो। एलेक्जेन्डर लाकाजेटले पेनाल्टीमा गरेको गोलबाट आर्सनलले ३४औं मिनेटमा अग्रता लिएको थियो। ४४औं मिनेटमा ग्रान्ट जाकाले अग्रता दोब्बर बनाए। ५६औं मिनेटमा बुकायो साकाले अर्को गोल थपे।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा टमी अब्राहमले गरेको गोल चेल्सीका लागि सान्त्वना बन्यो। इन्जुरी समयमा चेल्सीका जर्जिन्होले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाले।
पराजित भएपछि चेल्सीले शीर्ष चारभित्र स्थान बनाउने मौका गुमायो। फ्रांक लापमार्डको चेल्सी २५ अंकका साथ सातौं स्थानमा छ। १५ खेलबाट १७ अंक जोडेको आर्सनल भने १४औं स्थानमा उक्लिएको छ।
यससँगै आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाको दबाब कम भएको छ। लगातार हारपछि रेलिगेशन क्षेत्र नजिक पुगेपछि प्रशिक्षक आर्टेटामाथि दबाब बढेको थियो।
" /> काठमाडौं। खराब लयबाट गुज्रिएको आर्सनलले बक्सिङ डेमा चेल्सीमाथि ३-१ को विजय हासिल गरेको छ।यससँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा सात खेलसम्मको अविजित यात्रामा पुर्णविराम लगाएको छ।

">