काठमाडौं। अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले आज दोस्रो स्थानको लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ।
बराबरी खेलेसँगै युनाइटेडले इङलिस प्रीमियर लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। पाहुना टोली युनाइटेडले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन।
युनाइटेडले माकुस राशफोर्डको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। ३१औं मिनेटमा लेस्टरका हार्भे बेर्नसले बराबरी गोल फर्काए।
युनाइटेडले ७९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरेको गोलबाट पुन: अग्रता लिएको थियो। युनाइटेडले पाँच मिनेट सम्हालिन नसक्दा बराबरीमा चित्त बुझायो। खेल सकिन पाँच मिनेट बाँकी हुँदा जेमि भार्डेले बराबरी गोल फर्काए।
बराबरीसँगै युनाइटेड तेस्रो स्थानमै यथावत छ। लेस्टर भने दोस्रो स्थानमा यथावत छ। लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुल भन्दा तीन अंकले पछाडि हो। लेस्टरले एक खेल बढी खेलेको छ। युनाइटेड २७ अंकका साथ तेस्रो स्थानमा छ।
" /> काठमाडौं। अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले आज दोस्रो स्थानको लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ।बराबरी खेलेसँगै युनाइटेडले इङलिस प्रीमियर लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। पाहुना टोली युनाइटेडले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन।

">