काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन पोखरामा आर्थिक संकलन अभियान शुरु गरिएको छ।
नेपाल भलिबल टीमकी कप्तान अरुणालाई जिताउन पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले पोखरामा एक कार्यक्रम गरी अभियान शुरु गरेको हो। आजबाट सुरु अभियानको पहिलो दिनमै तीन लाख ८२ हजार ६५१ रूपैयाँ रकम संकलन भएको छ। विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले अरुणालाई जिताउन नगद सहयोग गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने उक्त एवार्डको पिपल्स च्वाइस विधामा मनोनयनमा अरुणाबाहेक पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठ रहेक छन्।
अरुणाको कप्तानीमा नेपाली महिला भलिबल टीमले बंगलादेशको ढाकामा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबल टीमले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पनि फाइनल खेलेको थियो। सागको इतिहासमा महिला भलिबल टीम पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलाडीलाई समस्या परेको बेला सहयोगका लागि सदैव आफ्नो ढोका खुला रहेको बताए। उनले विगतमा पश्चिमाञ्चलले उत्पादन गरेका भलिबल तथा अन्य खेलका खेलाडीहरू विभागिय टिममा प्रवेश गर्दा गण्डकी प्रदेश कमजोर देखिएको बताए। गुरुङले अव उत्पादन हुने खेलाडीलाई प्रदेशमै टिकाई राख्न नयाँ कार्यक्रमहरू ल्याउने बताए। उनले पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी अरुणालाई जिताउन सबैलाई अपिलसमेत गरे।
कार्यक्रममा क्षेत्रीय भलिबल संघले तेस्रोपटकसम्म राखेप सदस्यमा नियुक्त हुन सफल भएकोमा गुरुङलाई सम्मान गरेको थियो।
नेपाल भलिबल संघका केन्द्रीय सल्लाहाकार नारायणप्रसाद शर्माले गण्डकी प्रदेशकी चेली अरुणालाई जिताउन सबैलाई आग्रह गरे। कुनैबेला नेपाली राष्ट्रिय भलिबल टिमका लागि अधिकांश महिला भलिबल खेलाडी उत्पादन गर्ने ‘क्विन अफ भलिबल’को उपाधि पाएको ज्ञानुवावा वोर्डिङका संस्थापक कृष्णबहादुर गुरुङले खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने विद्यालयलाई राज्यले कुनै सम्मान नर्गदा दुःख लागेको बताए। भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले नेपालको भलिबल खेल विकासमा गण्डकीको अहं भूमिका रहेको बताउँदै अरुणालाई जिताउन सबैको सहयोगको खाँचो रहेको बताए।
भलिबल तथा खेलुकदसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यापारिक समूह तथा व्यक्तिगत रूपमा समेतबाट यस अभियानका लागि सहयोग प्राप्त भएको जनाइएको छ।

संकलन अभियानलाई जारी राख्न क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्याम बहादुर थापा संयोजक तथा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली सह संयोजक रहेका ५ सदस्यिय कमिटी गठन गरिएको छ। समितिको सदस्यमा नेपाल भलिबल संघका केन्द्रीय सल्लाहाकार नारायण प्रसाद शर्मा, केन्द्रीय सदस्य राजकुमार गुरुङ, क्षेत्रीय भलिबलका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ र तारानाथ पाहारी रहेका छन्।
यसअघि पोखराबाट राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जु गुरुङ वर्ष अवार्डबाट पुरस्कृत भएकी थिइन् भने सिपोरा गुरुङ र सरस्वती चौधरीले पनि अवार्ड जित्न सफल भएका थिए। मञ्जुले अवार्ड जितेकै कारण अहिले बैकिङ क्षेत्रमा कार्यरत रहेको अग्रज पत्रकार सुदर्शन रञ्जितले बताए।
उनले थपे, “यो अवार्डका लागि अवार्ड मात्रै होइन खेलाडीको जिवन अघि वढाउने र सामाजिक जीवनमा ‘एक्सपोज’ हुने ठूलो माध्यमसमेत हो।”
रञ्जितले मञ्जु, सिपोरा र सरस्वतीलाई जस्तै अरुणालाई जिताउन पनि सबै पोखरेलीहरूले सहयोग गर्नुपर्ने बताए।
" /> काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन पोखरामा आर्थिक संकलन अभियान शुरु गरिएको छ।नेपाल भलिबल टीमकी कप्तान अरुणालाई जिताउन पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले पोखरामा एक कार्यक्रम गरी अभियान शुरु गरेको हो। आजबाट सुरु अभियानको पहिलो दिनमै तीन लाख ८२ हजार ६५१ रूपैयाँ रकम संकलन भएको छ। विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले अरुणालाई जिताउन नगद सहयोग गरेका छन्।

">