काठमाडौं। गीता गोसाईको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी प्रदेशले आजबाट सुरू प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ। लुम्बिनीले उद्घाटन खेलमा दुई नम्बर प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दुई नम्बर प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७७ रन बनाएको थियो। ७८ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।
लुम्बिनीलाई जिताउन गीताले अविजित २३ रन बनाइन् भने बलिङतर्फ एक विकेटको योगदान गरिन्। गीताले पहिलो विकेटका लागि सरस्वती घर्तीमगरसँग ५३ रनको साझेदारी गरेकी थिइन्।
सरस्वती २२ रन बनाएर पवेलियन फर्किइन्। सरस्वतीलाई कविता गौतमले बोल्ड गरेकी थिइन्। त्यसपछि गीताले कप्तान नेरी थापासँग २५ रनको अविजित साझेदारी गरिन्। नेरी १५ रनमा अविजित रहिन्।
त्यसअघि प्रदेश दुईका अनुराधा चौधरी र सना प्रविनले समान २१ रन बनाए। विमला मगरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीकी सुष्मिता भुषालले चार ओभरमा १० रन दिएर चार विकेट लिइन्। स्वस्तिका बजगाँई, कप्तान नेरी र गीताको नाममा एक/एक विकेट रह्यो।
आजै हुने दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। ट्वान्टी–२० स्वरूपमा खेलाइएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता छ।
आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन्। त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ छन्।
" /> काठमाडौं। गीता गोसाईको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी प्रदेशले आजबाट सुरू प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ। लुम्बिनीले उद्घाटन खेलमा दुई नम्बर प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दुई नम्बर प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७७ रन बनाएको थियो। ७८ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

">