काठमाडौं। ‘बक्सिङ डे’ का दिन मेलबर्नमा सुरू हुने भारतविरुद्धको दोस्रो टेस्ट जितेर अस्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप तालिकाको शीर्ष स्थान अझ बलियो बनाउने लक्ष्यमा छ।
पहिलो खेलमा लज्जास्पद नतिजा निकालेको पाहुना टोली भारतले दोस्रो टेस्टका टिममा व्यापक परिवर्तन गरेको छ। नियमित कप्तान पारिवारिक कारणले गर्दा भारत फर्किसकेका छन्। उनको स्थानमा अजिन्क्या रहानेले भारतीय टिमको कप्तानी गर्नेछन्।
ओपनर पृथ्वी शाको स्थानमा शुबमन गिलले लिनेछन्। टेस्टमा डेब्यू गर्ने गिलले भारतको ओपनिङ सम्हाल्नेछन्। मोहम्मद सामी पनि चोटका कारण उपलब्ध हुने छैनन्। उनको स्थान मोहम्मद सिराजले लिनेछन्। सिराजको पनि यो टेस्टमा डेब्यू हुनेछ।
रविन्द्र जडेजा अलराउन्डरका रूपमा रहेका छन्। उनी नम्बर सात ब्याट्सम्यानको भूमिकामा हुनेछन्। पछिल्लोपटक चेतेश्वर पुजराले उपकप्तानको भूमिकामा हुनेछन्।
विकेटकिपरमा ऋदिमन शाको स्थान रिसब पन्तले लिएका छन्। मयांक अग्रवाल, हनुमा विहारी, रविचन्द्रन आश्विन, उमेशकुमार यादव र जसप्रित बुमराहले निरन्तरता पाएका छन्।

ठीक विपरीत अस्ट्रेलियाको टिममा भने कुनै परिवर्तन भएको छैन। कप्तान कोहली विनाको भारतीय ब्याटिङ लाइनअपलाई अस्ट्रेलियाका तीव्र गतिका बलरले फेरि एकपटक चुनौती दिने निश्चित छ।
एड्लेइडमा सम्पन्न पहिलो टेस्टमा भारतले तेस्रो दिन अप्रत्यासित रूपमा विकेट गुमाएको थियो। भारतले थप १६ रन जोड्दा आठ विकेट गुमाएको थियो। जसका कारण भारत टेस्ट इतिहासकै सबभन्दा सानो स्कोरमा खुम्चिएको थियो।
दोस्रो इनिङमा ३६ रनमा अलआउट भएपछि भारतले पहिलो इनिङमा अग्रता लिएर पनि खेल आठ विकेटले हारेको थियो।