काठमाडौं। कासेमिरो र करिम बेन्जेमाको गोलमा रियाल मड्रिडले गएराति ग्रानाडालाई २-० ले पराजित गरेको छ। जितसँगै रियालले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।
पहिलो हाफमा फितलो प्रदर्शन गरेको रियालले ५७औं मिनेटमा कासेमिरोको गोलबाट अग्रता लिएको थियो। कासेमिरोले मार्को असेन्सियोको क्रसलाई पोष्टको दिशा दिएका हुन्।
इन्जुरी समयमा बेन्जेमाले अर्को गोल थपेपछि रियालले जित पक्का गरेको थियो। जारी सिजन ला लिगमा बेन्जेमाको यो आठौं गोल हो।
पाहुना टोली ग्रानाडाले सुरुमै गोलका राम्रो अवसर पाएको थियो। तर एन्टोनियो पुर्टासले उक्त अवसर खेर फाले। २८ सकेन्डमै रियालका राफायल भरानको गल्तिमा रोबर्टो सोल्डाडोले बल नियन्त्रणमा राख्दै दिएको पासमा पुर्टासले हानेको बलले पोष्ट दिशा लिएन।
जितसँगै रियालले १५ खेलबाट ३२ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिकोसँग बराबरी हो। तर, एट्लेटिकोले दुई खेल कम खेलेको छ। २१ अंक जोडेको ग्रानाडा भने सातौं स्थानमा छ।
स्पेनिस ला लिगामा गएराति डेपोर्टिभो अलाभेसले इबरलाई २-१ ले पराजित गर्यो। त्यस्तै रियाल बेटिसले काडिजलाई १-० ले हरायो।
" /> काठमाडौं। कासेमिरो र करिम बेन्जेमाको गोलमा रियाल मड्रिडले गएराति ग्रानाडालाई २-० ले पराजित गरेको छ। जितसँगै रियालले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ।पहिलो हाफमा फितलो प्रदर्शन गरेको रियालले ५७औं मिनेटमा कासेमिरोको गोलबाट अग्रता लिएको थियो। कासेमिरोले मार्को असेन्सियोको क्रसलाई पोष्टको दिशा दिएका हुन्।

">