काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्नेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।
समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन्।
प्रतियोगिताका सबै खेल २० ओभर खेलाइनेछन्। उद्घाटनको दिन दोस्रो खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुने क्यानले जनाएको छ। दुवै समूहको शीर्ष दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल पुस १९ गते खेलाइनेछ।
रासस
" /> काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्नेछन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।

">