काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फेब्रुअरी २३ देखि सुरुआत गर्ने विषयमा क्लबहरू सकारात्मक देखिएका छन्।
गत मार्च १८ देखि कोरोना भाइरसका कारण स्थगित भएको ‘बी’ डिभिजन सुरु गर्नेबारे आज अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको छलफलमा क्लबहरू सकारात्मक देखिएका हुन्।
“‘बी’ डिभिजन क्लबका प्रतिनिधिहरू फुटबल पुनः सुरु गर्ने विषयमा सकारात्मक देखिएका छन्,” एन्फाले भनेको छ, “तर आर्थिक र स्वास्थ्यको विषयमा भने उनीहरूले विशेष ध्यान दिएका छन्।”
क्लबका प्रतिनिधिहरूले उठाएका प्रश्नको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले उत्तर दिएका थिए। आजको छलफलपछि यस विषयका थप कुराकानीका लागि दुवै पक्ष सकारात्मक देखिएका छन्।
छलफलमा एएफसी र फिफाको स्वास्थ सम्बन्धी मापदण्डको बारेमा पनि छलफल भएको थियो।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फेब्रुअरी २३ देखि सुरुआत गर्ने विषयमा क्लबहरू सकारात्मक देखिएका छन्।गत मार्च १८ देखि कोरोना भाइरसका कारण स्थगित भएको ‘बी’ डिभिजन सुरु गर्नेबारे आज अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको छलफलमा क्लबहरू सकारात्मक देखिएका हुन्।

">