काठमाडौं। अस्ट्रेलियाका ओपनर डेबिड वार्नरले ‘बक्सिङ डे’मा हुने भारतविरुद्धको दोस्रो टेष्ट पनि गुमाउने पक्का भएको छ। वार्नर ग्रोइन चोटबाट गुज्रिएका छन्।
सिन एब्बोट चोट मुक्त भएर फर्किए पनि स्वास्थ्य प्रोटोकलका कारण दोस्रो टेष्ट खेल्न नपाउने भएका छन्।
चोटका कारण वार्नर र एब्बोटले सँगै टीम छाडेका थिए। सिड्नीमा सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका क्रममा घाइते भएका वार्नर दोस्रो दोस्रो टेष्टमा उपलब्ध हुने अनुमान गरिएको थियो।
दोस्रो टेष्ट शनिबारबाट मेलबर्न क्रिकेट मैदानमा हुनेछ। चार खेलको टेष्ट शृंखलामा अस्ट्रेलिया १-० ले अगाडि छ।
वार्नर उपलब्ध नहुने भएपछि अस्ट्रेलियाको टीममा परिवर्तन हुने सम्भावना कम छ। पहिलो टेष्टमा ओपनिङ गरेको जो बर्नस र म्याथ्यु वेडले निरन्तरता पाउने सम्भावना बलियो छ।
एड्लेइडमा सम्पन्न पहिलो टेष्टमा वेड र बर्नसको मिश्रित प्रदर्शन गरेका थिए। पहिलो इनिङमा दुबैले समान आठ रन जोडेका थिए।
दोस्रो इनिङमा वेडले ३३ रन बनाए भने बर्नसले अविजित ५१ रन बनाए। दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेपछि अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो।
" /> काठमाडौं। अस्ट्रेलियाका ओपनर डेबिड वार्नरले ‘बक्सिङ डे’मा हुने भारतविरुद्धको दोस्रो टेष्ट पनि गुमाउने पक्का भएको छ। वार्नर ग्रोइन चोटबाट गुज्रिएका छन्।सिन एब्बोट चोट मुक्त भएर फर्किए पनि स्वास्थ्य प्रोटोकलका कारण दोस्रो टेष्ट खेल्न नपाउने भएका छन्।

">