काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष क्लब एट्लेटिको मड्रिडले गएराति रियाल सोसिसाडमाथि २-० को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ।
पाहुना टोली एट्लेटिकोले मारियो हेर्मोसोको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन १६ मिनेट बाँकी हुँदा मार्कोस लोरेन्टेले एट्लेटिकोको अग्रता दोब्बर बनाए।
डिएगो सिमोनीको एट्लेटिकोले १३ लिग खेलमा अहिलेसम्म पाँच गोलमा खाएको छ। एट्लेटिकोले आठ खेलमा क्लिन सिट गरेको छ।
जितसँगै १३ खेलबाट ३२ अंक जोडेको एट्लेटिकोले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। आज हुने खेलमा रियाल मड्रिडले विजय हासिल गरे एट्लेटिकोसँग बराबरी गर्न सक्नेछ।
रियाल मड्रिडले आज ग्रानाडासँग प्रतिस्पर्धा गर्नेछ। रियालले १४ खेल खेलिसकेको छ। १६ खेल खेलेको रियाल सोसिडाड २६ अंकका साथ तेस्रो स्थानमा छ।
" /> काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष क्लब एट्लेटिको मड्रिडले गएराति रियाल सोसिसाडमाथि २-० को विजय हासिल गरेको छ। जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ।पाहुना टोली एट्लेटिकोले मारियो हेर्मोसोको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन १६ मिनेट बाँकी हुँदा मार्कोस लोरेन्टेले एट्लेटिकोको अग्रता दोब्बर बनाए।

">