काठमाडौं। युभेन्टसले इटालियन सिरी ‘ए’ को जारी सिजन पहिलो हार बेहोरेको छ। दश खेलाडीमा सीमित बनेको युभेन्टस घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भएको हो।
पाहुना टोली फियारेन्टिनाले तेस्रो मिनेटमै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो। १८औं मिनेटमा मिडफिल्डर हुँवा कोड्राडोले रातो कार्डको सामना गरेपछि युभेन्टस दश खेलाडीमा सीमित बनेको थियो।
युभेन्टसका क्रिष्टियानो रोनाल्डोले हेडमार्फत गरेको गोल अफसाइट घोषित भयो। ७६औं मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रोको आत्मघाती गोलबाट फियोरेन्टिनाले अग्रता दोब्बर बनायो। खेलसकिन ९ मिनेट बाँकी हुँदा मार्टिन कासेरेसले अर्को गोल थपेपछि फियोरेन्टिनाले सहजै तीन अंक जोड्न सफल भएको थियो।
जारी सिजन युभेन्टसको यो पहिलो हार हो। यसअघि युभेन्टसले ६ खेलमा जित र ६ खेल बराबरी खेलेको थियो। पराजित युभेन्टस चौथो स्थानमा झरेको छ। युभेन्टसको २४ अंक छ। जुन शीर्ष स्थानको एसी मिलानको भन्दा सात अंकले कम हो। फियोरेन्टिना भने १४ अंकका साथ १५औं स्थानमा छ।
" /> काठमाडौं। युभेन्टसले इटालियन सिरी ‘ए’ को जारी सिजन पहिलो हार बेहोरेको छ। दश खेलाडीमा सीमित बनेको युभेन्टस घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भएको हो।पाहुना टोली फियारेन्टिनाले तेस्रो मिनेटमै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो। १८औं मिनेटमा मिडफिल्डर हुँवा कोड्राडोले रातो कार्डको सामना गरेपछि युभेन्टस दश खेलाडीमा सीमित बनेको थियो।

">