काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले गएराति आर्सनललाई पराजित गर्दै काराबाओ कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खराब लयमा रहेको आर्सनल सिटीसँग घरेलु मैदानमै पराजित भएको हो।
लन्डनस्थित इमिरेट्स रंगशालामा गाब्रियल जिससले दुई मिनेट नवित्दै गरेको गोलबाट पाहुना टोली सिटीले अग्रता लिएको थियो। ६ यार्ड बक्सभित्र कसैको निगरानीमा नरहेका जिससले अलेक्जेन्डर जिनचेन्कोको क्रसलाई पोष्टको दिशा दिएका थिए।
२५औं मिनेटमा एमेरिक लापोर्टेले हानेको प्रहार थोरैले बाहिरिदाँ सिटीले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो। ३२औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले बराबरी गोल फर्काए। १९ वर्षे फरवार्ड गाब्रियल मार्टिनेलीको पासमा लाकाजेटले गोल गरेका थिए।
सिटीले चार मिनेटको अन्तरालमा दुई गोल गरेपछि आर्सनललाई पुनरागमन गर्न कठिन भएको थियो। रियाद महारेजले ५५औं मिनेटमा गरेको गोलबाट सिटीले पुनः अग्रता लिएको थियो। त्यसको चार मिनेट नवित्दै फिल फोडानले अर्को गोल थपेका थिए। ७३औं मिनेटमा लापोर्टेले अर्को गोल थपेपछि सिटीले सहज जित दर्ता गरेको थियो।
जितसँगै पेप ग्वार्डिओलाको सिटी उपाधिनजिक पुगेको छ। सिटीले अब अन्तिम चारमा एभर्टन र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले गएराति आर्सनललाई पराजित गर्दै काराबाओ कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खराब लयमा रहेको आर्सनल सिटीसँग घरेलु मैदानमै पराजित भएको हो।लन्डनस्थित इमिरेट्स रंगशालामा गाब्रियल जिससले दुई मिनेट नवित्दै गरेको गोलबाट पाहुना टोली सिटीले अग्रता लिएको थियो। ६ यार्ड बक्सभित्र कसैको निगरानीमा नरहेका जिससले अलेक्जेन्डर जिनचेन्कोको क्रसलाई पोष्टको दिशा दिएका थिए।

">