काठमाडौं। लियोनल मेसीको बार्सिलोनाबाट ६४४ गोल गर्दै महान खेलाडी पेलेको कीर्तिमान तोड्न सफल भएका छन्। मेसीले एउटै क्लबबाट सबभन्दा धेरै गोल गर्ने पेलेको कीर्तिमान भङ्ग गरेका हुन्। मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति रियाल भालाडोलिडलाई ३-० ले पराजित गरेको हो।
पेड्रीले दिएको पासलाई नियन्त्रणमा लिदै ३३ वर्षे मेसीले हानेको प्रहारलाई विपक्षी गोलकिपर जोर्डी मासिपले बचाउन सकेनन्। बार्सिलोनाले क्लेमेन्ट लेङलेटको गोलबाट अग्रता लिएको थियो। लेङलेटले मेसीको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। बार्सिलोनाका लागि दोस्रो मार्टिन ब्रोथवेटले गरेका थिए।

मेसीले इन्जुरी समयमा हानेको प्रहार बारमा लागेको थियो।
बाज्रिलका महान खेलाडी पेलेले सान्तोसबाट १९ सिजनमा ६४३ गोल गरेका थिए। पेलेले १९५६ देखी १९७४ बीचको समयमा उक्त कीर्तिमान कायम गरेका थिए। मेसीले बार्सिलोनाबाट ६४४ गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन्।
मेसीले बार्सिलोनाका लागि पहिलो गोल २००५ मा गरेका थिए। त्यसयता मेसीले बार्सिलोनामा दश ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। मेसीले गत सिजन समाप्त भएसँगै बार्सिलोना छाड्ने प्रयास गरेका थिए। तर सफल भने भएनन्। यसै साताको सुरुमै मेसीले ‘गत समर आफ्नो लागि निकै खराब समय’ रहेको बताएका थिए।
जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा छ। जुन शीर्ष स्थानको आठ अंकले पछाडी हो। रियाल भालाडोलिड भने १४ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।
" /> काठमाडौं। लियोनल मेसीको बार्सिलोनाबाट ६४४ गोल गर्दै महान खेलाडी पेलेको कीर्तिमान तोड्न सफल भएका छन्। मेसीले एउटै क्लबबाट सबभन्दा धेरै गोल गर्ने पेलेको कीर्तिमान भङ्ग गरेका हुन्। मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति रियाल भालाडोलिडलाई ३-० ले पराजित गरेको हो।पेड्रीले दिएको पासलाई नियन्त्रणमा लिदै ३३ वर्षे मेसीले हानेको प्रहारलाई विपक्षी गोलकिपर जोर्डी मासिपले बचाउन सकेनन्। बार्सिलोनाले क्लेमेन्ट लेङलेटको गोलबाट अग्रता लिएको थियो। लेङलेटले मेसीको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। बार्सिलोनाका लागि दोस्रो मार्टिन ब्रोथवेटले गरेका थिए।

">