काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी)का सबै मापदण्ड पूरा गरेपछि एएफसी क्लब लाइसेन्स पाएको छ।

यसअघि नेपालका सबै १४ ‘ए’ डिभिजनका क्लबहरुको लाइसेन्स प्राप्त गर्ने प्रयास एएफसीबाट अस्विकृत भएको थियो। तर नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने एएफसीका मापदण्डअनुसार केही विषय सच्याउँदै लाइसेन्सका लागि एएफसीमा अपिल गरेको थियो। यसअघि आर्मीको विभागीय टोलीका रुपमा खेल्दै आएको क्लब अहिले एएफसीको ममापदण्डअनुसार व्यावसायिक फुटबल क्लबका रुपमा दर्ता भइसकेको छ।

एएफसीको अपिल कमिटीले मंगलबार आर्मीको अपिल स्विकार गर्दै लाइसेन्स प्रदान गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल खेल्दै आएको सेनाको टोलीले अब त्रिभुवन आर्मी फुटबल क्लबको नाममा खेल्नुपर्नेछ।

एएफसीको क्लब लाइसेन्स पाएपछि अब आर्मीले नेपाललाई प्रतिनिधित्व गर्दै एएफसीका क्लब प्रतियोगिताहरुमा भाग लिन पाउनेछ। आर्मीको अपिल स्विकृत नभएको भए नेपालका कुनै पनि क्लबले एएफसीको क्लब प्रतियोगिता खेल्न पाउने थिएनन्।

एएफसीले नेपालका अन्य १३ ‘ए’ डिभिजन क्लबको अपिल भने अस्विकृत गरेको छ।

" /> काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी)का सबै मापदण्ड पूरा गरेपछि एएफसी क्लब लाइसेन्स पाएको छ।

यसअघि नेपालका सबै १४ ‘ए’ डिभिजनका क्लबहरुको लाइसेन्स प्राप्त गर्ने प्रयास एएफसीबाट अस्विकृत भएको थियो। तर नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने एएफसीका मापदण्डअनुसार केही विषय सच्याउँदै लाइसेन्सका लागि एएफसीमा अपिल गरेको थियो। यसअघि आर्मीको विभागीय टोलीका रुपमा खेल्दै आएको क्लब अहिले एएफसीको ममापदण्डअनुसार व्यावसायिक फुटबल क्लबका रुपमा दर्ता भइसकेको छ।

एएफसीको अपिल कमिटीले मंगलबार आर्मीको अपिल स्विकार गर्दै लाइसेन्स प्रदान गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल खेल्दै आएको सेनाको टोलीले अब त्रिभुवन आर्मी फुटबल क्लबको नाममा खेल्नुपर्नेछ।

एएफसीको क्लब लाइसेन्स पाएपछि अब आर्मीले नेपाललाई प्रतिनिधित्व गर्दै एएफसीका क्लब प्रतियोगिताहरुमा भाग लिन पाउनेछ। आर्मीको अपिल स्विकृत नभएको भए नेपालका कुनै पनि क्लबले एएफसीको क्लब प्रतियोगिता खेल्न पाउने थिएनन्।

एएफसीले नेपालका अन्य १३ ‘ए’ डिभिजन क्लबको अपिल भने अस्विकृत गरेको छ।

"> एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली टोली बन्यो त्रिभुवन आर्मी: Dekhapadhi
एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली टोली बन्यो त्रिभुवन आर्मी
काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी)का सबै मापदण्ड पूरा गरेपछि एएफसी क्लब लाइसेन्स पाएको छ।

यसअघि नेपालका सबै १४ ‘ए’ डिभिजनका क्लबहरुको लाइसेन्स प्राप्त गर्ने प्रयास एएफसीबाट अस्विकृत भएको थियो। तर नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने एएफसीका मापदण्डअनुसार केही विषय सच्याउँदै लाइसेन्सका लागि एएफसीमा अपिल गरेको थियो। यसअघि आर्मीको विभागीय टोलीका रुपमा खेल्दै आएको क्लब अहिले एएफसीको ममापदण्डअनुसार व्यावसायिक फुटबल क्लबका रुपमा दर्ता भइसकेको छ।

एएफसीको अपिल कमिटीले मंगलबार आर्मीको अपिल स्विकार गर्दै लाइसेन्स प्रदान गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल खेल्दै आएको सेनाको टोलीले अब त्रिभुवन आर्मी फुटबल क्लबको नाममा खेल्नुपर्नेछ।

एएफसीको क्लब लाइसेन्स पाएपछि अब आर्मीले नेपाललाई प्रतिनिधित्व गर्दै एएफसीका क्लब प्रतियोगिताहरुमा भाग लिन पाउनेछ। आर्मीको अपिल स्विकृत नभएको भए नेपालका कुनै पनि क्लबले एएफसीको क्लब प्रतियोगिता खेल्न पाउने थिएनन्।

एएफसीले नेपालका अन्य १३ ‘ए’ डिभिजन क्लबको अपिल भने अस्विकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्