काठमाडौं। टिमो वेर्नेरले अपेक्षित गोल गर्न नसके पनि चेल्सीका मुख्य प्रशिक्षक फ्रयांक लाम्पार्डले विपक्षी टोलीलाई ‘तर्साउन’ उनी सफल भइरहेको विश्वास व्यक्त गरेका छन्।
जर्मन बुन्डेसलिगाको टोली आरबी लिपजिगबाट ४ करोड ७५ लाख पाउन्डमा स्टामफोर्ड ब्रिज ल्याइएका वेर्नेरले प्रिमियर लिगका १४ खेलमा चार गोलमात्र गर्न सकेका छन्। तर विपक्षी टोलीलाई अदबमा राखिरहन सफल भएकाले उनले गोल गर्न नसके पनि आफू चिन्तित नरहेको लाम्पार्डले बताए।
सबै खाले प्रतियोगितामा गरी चेल्सीका पछिल्ला सात खेलमा पहिलो रोजाइबाट खेल्नाका बावजुद जर्मन अन्तर्राष्ट्रिय फरवार्ड वेर्नेरले गोल गर्न सकेका छैनन्। यति लामो समयसम्म गोल गर्न नसकेको उनले २०१६ मा भिएफबी स्टुटगार्ट र आरबी लिपजिगका लागि खेल्दा पछि पहिलो पटक हो।
सोमबार राति वेस्ट ह्याममाथि ३-० को जित हासिल गर्दा वेर्नेरको आक्रामक प्रदर्शन उच्च थियो। चार पटक विपक्षी पोष्टमा आक्रमण गरेका वेर्नेरले टमी अब्राहमलाई गोलका लागि अवसर पनि मिलाइदिएका थिए। उक्त खेलमा कम्तिमा एक गोल वेर्नेरबाट पनि आशा गरेका प्रशिक्षक लाम्पार्डले त्यसका बावजुद २४ वर्षे फरवार्डको प्रशंसा गरे।
“वेर्नेरले गोल गरिरहेका छैनन्, तर मलाई त्यसको कुनै चिन्ता छैन। हरेक फरवार्ड गोल गर्न चाहन्छ। फरवार्डको मूल्यांकन हुने पनि गोलबाटै हो। पछिल्ला केही वर्षमा उनले पनि आफूलाई उत्कृष्ट गोल गरेरै प्रमाणित गरेका हुन्,” लाम्पार्डले भने, “हाम्रा लागि उनी आफैले गोल गर्नु मात्र महत्त्वपूर्ण होइन। मैदानमा उनको उपस्थितिका कारण अरु फरवार्डले गोलको अवसर पाइरहेका छन्। विपक्षी टोली उनको उपस्थितिबाटै दबाबमा आउँछन्।”
" /> काठमाडौं। टिमो वेर्नेरले अपेक्षित गोल गर्न नसके पनि चेल्सीका मुख्य प्रशिक्षक फ्रयांक लाम्पार्डले विपक्षी टोलीलाई ‘तर्साउन’ उनी सफल भइरहेको विश्वास व्यक्त गरेका छन्।जर्मन बुन्डेसलिगाको टोली आरबी लिपजिगबाट ४ करोड ७५ लाख पाउन्डमा स्टामफोर्ड ब्रिज ल्याइएका वेर्नेरले प्रिमियर लिगका १४ खेलमा चार गोलमात्र गर्न सकेका छन्। तर विपक्षी टोलीलाई अदबमा राखिरहन सफल भएकाले उनले गोल गर्न नसके पनि आफू चिन्तित नरहेको लाम्पार्डले बताए।

">