काठमाडौं। बार्सिलोनाका पूर्व प्रशिक्षक हुवाँ लापोर्टाले लियोनेल मेसीलाई क्याम्प नोउमै राख्नुपर्नेमा जोड दिएका छन्।
३३ वर्षे मेसीको बार्सिलोनासँग सम्झौता यही सिजनको अन्त्यसँगै सकिनेछ। त्यसपछि उनले क्याम्प नोउ छोड्ने चर्चा छ।
मेसीलाई भित्र्याउनका लागि फ्रान्सेली लिग वानको च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) र इङलिस प्रिमियर लिगको महारथी म्यानचेस्टर सिटीलगायत युरोपका केही शीर्ष टोली प्रतिस्पर्धामा छन्।
२००३ देखि २०१० सम्म अध्यक्षका रुपमा बार्सिलोनाको नेतृत्व गरेका लापोर्ट जनवरी २४ मा हुने आगामी चुनावमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्।
५८ वर्षे लापोर्टाले मेसीलाई क्याम्प नोउमै राख्नुपर्ने बताउँदै आफूले चुनाव जिते त्यसको सम्भावना बलियो हुने विश्वास व्यक्त गरेका छन्।
“मैले चुनाव जितेँ भने अत्यन्तै प्रतिस्पर्धात्मक प्रस्ताब दिनेछु। मेसीले मेरो कुरा र प्रस्तावमा गम्भीर भएर सोच्नेछन् भन्ने मेरो विश्वास छ। उनी यहीँ रहनुपर्छ भन्ने मेरो चाहना हो,” लापोर्टाले भने, “अध्यक्ष पदका अन्य उम्मेदवारको तुलनामा मेरो जीतले धेरै फाइदा हुनेछ। किनकी मेसीलाई मैले बोलेको कुरा पूरा गर्छु भन्ने विश्वास छ। हामी दुवै एक–अर्कालाई सम्मान गर्छौ, हामीबीच राम्रो सम्बन्ध छ।”