काठमाडौं। पाकिस्तानबाट १४७ अन्तर्राष्ट्रिय खेल अनि २५९ विकेट... र, यो हो ‘हाम्रो अधुरो कहानी’। यो त्यही अन्तिम नोट हो जहाँबाट मोहम्मद आमिर अन्तर्राष्ट्रिय क्रिकेटबाट सदाका लागि बिदा भए।
अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेपछि आमिरको करिअरमा धेरै उतारचढाव आए। कतिपटक त आमिरको करिअरमा अब सबथोक समाप्त भयो भन्नेसम्म भयो। तर, न आमिरको करिअर सकियो न त समर्थकहरु नै हतास बने! तर, अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा भने अप्रत्यासित रुपमा आयो।

पाकिस्तान क्रिकेटमा संन्यासको घोषणा कहिल्यै पनि सामान्य समाचारमा सीमित बन्दैन। त्यतिबेलाको माहोल नै फरक हुन्छ। अर्कै खालको वातावरण बनेको हुन्छ। भावनात्मक सन्देशहरु धेरै आउँछन्। कतिसम्म हुन्छ भने, ‘अहिल्यै छाडेर नजाऊ’ भन्ने सम्मका भावना पोखिन्छन्। जब विस्तारै संन्यास घोषणा पुरानो हुँदै जान्छ फेरि ‘आई एम ब्याक’ भनेर नयाँ घोषणाको समाचार हेडलाइन बन्छ।
पछिल्लो समय हामीले यस्ता थुप्रै घोषणा सुनिसकेका छौं। समाचार हेडलाइन देखिसकेका छौं। पढिसकेका छौं। पछिल्लो समय मोहम्मद युसुफको संन्यास घोषणा साहिद अफ्रिदीको तुलनामा बढी हास्यास्पद त बन्न सकेन, तर त्यो भन्दा कम पनि भएन।
अहिले आमिरले जुन अवस्थामा संन्यासको घोषण गरेका छन्, त्यसमा संन्यासको भन्दा पनि मानवीय सहानुभूति बढी देखिएको छ। पाकिस्तान क्रिकेट बोर्डसँग उनको सम्बन्ध सुध्रने सम्भावना असम्भवजस्तै बनेको छ। त्यस्तो अवस्थामा संन्यासको घोषणा सामान्य र गरिमामय ढंगले हुन सक्दैनथ्यो।
आमिरको गुनासो
पाकिस्तानका तीव्र गतिका बलरहरू कहिल्यै पनि गोप्यरूपमा अवकाश लिन रुचाउँदैनन्। यो पनि एउटा तथ्य हो कि, धेरैजसो तीब्र गतिका बलर पूर्वखेलाडीहरूको सिकार हुन्छन्। पहिले सोयब अख्तर वाकर युनिसको निर्णयको सिकार भएका थिए। अहिले आमिरको मन पनि उनीबाट टुटिसकेको छ।
वाकर युनिसको प्रशिक्षण करिअर सधैं विवादको घेरामा छ। त्यसकारण आमिरको आरोप पनि धेरै हदसम्म ठीक देखिन्छ। तर, यहाँ के पनि सही हो भने कामको बोझले आमिरलाई भित्रभित्रै खाइरहेको थियो। त्यतिबेला प्रशिक्षकमा मिसबाह उल हक वा वाकर युनिस थिएनन्। मिकी आर्थर वा अजहर महम्मद थिए।

तर, आर्थरसँग आमिरको कुनै गुनासो थिएन। आमिर आर्थरको प्रशिक्षणमा जतिबेला जहाँ पनि खेल्न तयार थिए। उनलाई मन पराउँथे। आमिरको गुनासो अहिलेको पाकिस्तान क्रिकेट बोर्ड र बोर्डले नियुक्त गरेका प्रशिक्षण टिमप्रति मात्र हो।
आमिर अहिले पनि नजम सेठीको प्रशंसा गर्छन्। चाखलाग्दो कुरा के छ भने, सेठी र आर्थरलाई मन पराउने कसैले पनि मिसबाहका ती दिन सम्झँदैछन् भने त्यहाँ केही सन्देश पाउन सकिन्छ। यदि ती व्यक्तिहरु सत्तामा हुन्थे भने आमिरलाई त्यो मानसिक पीडाको सामना गर्नुपर्ने थिएन।
आर्थर र सेठीबाहेक आमिरले प्रशंसा गर्ने अर्को व्यक्ति हुन्, साहिद अफ्रिदी। अफ्रिदी तिनै व्यक्ति हुन् जसले ‘जंका आसरफको नियुक्तिसम्म व्यापार बन्द छ’ को नारा लिएर संघर्षमा उत्रिएका थिए। र, सफल पनि भए।
यदि आमिरको घोषणा पनि यस्तै संघर्षको यात्रा हो भने त्यहाँ एक पूर्व तीव्र गतिका बलर, प्रधानमन्त्री र पीसीबीका संरक्षक बाटोमा भेटिन्छन्।
पाकिस्तानी क्रिकेटमा जादुमय चरित्र
पाकिस्तान क्रिकेटको वर्तमान इतिहासमा आमिर सबभन्दा जादुमय चरित्र भएका पात्र हुन्। यसमा कुनै शंका छैन। यो अपार माया र सहानुभूति उनले प्रशंसकबाट पाएका हुन्। यस्तो माया र सहानुभूति कमैले पाउन सक्छन्। त्यो सहानुभूति र माया यति धेरै थियो कि पूरै ड्रेसिङ रुमको चाहनाविपरीत आमिरलाई टिममा पुनरागमन गरिएको थियो।
दुर्भाग्य, पुनरागमनपछि आमिर पुरानै आमिर रहेनन्। उनी आफैले स्वीकार गरेका छन्, पाँच वर्ष टिममा नहुँदा मानसिक रुपमा मात्र होइन शारीरिक रुपमा असर गरेको थियो। तर, समर्थकले आशा गरेका थिए, उनी २०१० तिरकै आमिरजस्तो हुनेछन्।
दुर्भाग्य, आमिर त्यो थिएनन्। तर पनि सबै चुप रहे। उनको आलोचना भएन। सबैजना जसरी भए पनि पुरानै आमिर हेर्न चाहन्थे। पुनरागमनपछि आमिरले अधिकांश समय सरफराज अहमदको कप्तानीमा खेले। र, सरफराजले उनको यति धेरै प्रयोग गरे कि आमिर नै थाके।

आमिरले थाकेर पनि हिम्मत हार्न चाहेनन्। उनले टेस्ट क्रिकेटबाट राजिनामा दिएर सिमित ओभरको खेलमा आफूलाई केन्द्रित गरेका थिए। उनी सिमित ओभरको क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्थे। तर, त्यहीँबाट पाकिस्तान क्रिकेट बोर्ड र आमिरबीच मनमुटाव सुरु भएको थियो। एक समय बोर्ड र आमिरबीचको मनमुटाव मिलाउने प्रयास भएको थियो। तर, त्यसले मूर्तरुप लिन सकेन।
यदि आमिरले टेस्ट क्रिकेट छाडेकोमा मात्र बोर्ड रिसाएको थियो भने, त्यो अनुचित थिएन। पछिल्लो १० वर्षमा पाकिस्तान क्रिकेट बोर्डले उनीमाथि ठूलो लगानी गरेको थियो। प्रतिबन्धपछि क्रिकेट बोर्डले उनलाई सबै ठाउँमा हरप्रकारको सहयोग गरेको थियो। आमिरसँग बोर्डको ठूलो अपेक्षा थियो।
खोतलिएका चोटहरु
यदि बोर्डले ‘सेन्ट्रल कन्ट्र्याक्ट’को सूचीबाट हटाएका कारण आमिर निराश थिए भने पनि त्यो परको कुरा हो। किनकि, हामी सबैलाई थाहा छ आमिर विश्वभरको ट्वान्टी–२० लिग खेल्न चाहन्थे। तर, आमिरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको भए उनले त्यही मात्रामा लिग खेल्न पाउँदैनथे।
एक फ्रिलान्सरका रुपमा पाकिस्तानको प्रतिनिधित्व गर्दा आमिरलाई आर्थिक रुपमा धेरै फाइदा हुन्थ्यो। त्यसैले आमिरमाथि टिमले कस्तो व्यवहार गर्यो र प्रशिक्षकहरुले कति दर्दनाक माहोल सिर्जना गरे भनेर क्रिकेट बोर्डले छानविन गर्नु आवश्यक छ।
आफ्नो पूर्व खेलाडीलाई लामो समयसम्म पूर्वाग्रहका आधारमा निराश बनाइन्छ भने त्यस्तो व्यवहार कुनै पनि ड्रेसिङ रुमको मानसिक स्वास्थ्यका लािग राम्रो हुन सक्दैन।
अवकाश त्यस्तो क्षण हो जहाँ भावनाहरु पोखिन्छन्। चारैतिरबाट भावानात्मक सन्देशहरु आइरहन्छन्। तर, आमिरको अकस्मात अवकाशले धेरै चोट खोतलेका छन्। थाहा छैन यी चोटहरु कहिले निको हुन्छन्। तर, अहिलेलाई दुःख यसमा मात्र छ कि, जसले वसिम अक्रमको कीर्तिमान तोड्ने थिए, स्वयम् उसैको मन दुख्यो।
र, आमिरको मात्र मन त के दुखेको छैन। करोडौं क्रिकेट प्रशंसकको रोमाञ्चक प्रेम कहानी मध्यान्तरमै समाप्त भएको छ।
(बीबीसीबाट)
" /> काठमाडौं। पाकिस्तानबाट १४७ अन्तर्राष्ट्रिय खेल अनि २५९ विकेट... र, यो हो ‘हाम्रो अधुरो कहानी’। यो त्यही अन्तिम नोट हो जहाँबाट मोहम्मद आमिर अन्तर्राष्ट्रिय क्रिकेटबाट सदाका लागि बिदा भए।अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेपछि आमिरको करिअरमा धेरै उतारचढाव आए। कतिपटक त आमिरको करिअरमा अब सबथोक समाप्त भयो भन्नेसम्म भयो। तर, न आमिरको करिअर सकियो न त समर्थकहरु नै हतास बने! तर, अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा भने अप्रत्यासित रुपमा आयो।

">