बाबर र इमामले न्युजिल्यान्डविरुद्धको टेष्ट शृंखला गुमाउने

काठमाडौं। पाकिस्तानका बाबर आजम र इमाम उल हकले चोटका कारण न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट गुमाउने भएका छन्।

पाकिस्तानले आज दुई खेलको टेष्ट शृंखलाका लागि १७ सदस्यीय टीमको घोषणा गरेको छ। आईसीसी विश्व टेष्ट च्याम्पियनसिपअन्तर्गत हुने न्युजिल्यान्ड र पाकिस्तानबीचको टेष्ट शृंखला डिसेम्बर २६ मा सुरु हुनेछ।

बाबर र इमाम दुवैको गत साता अभ्यास गर्दा औलामा चोट लागेको थियो। दुवैको चोटको अवस्थाबारे मेडिकल टीमले मुल्यांकन गरिरहेको छ। बाबरको अनुपस्थितिमा मोहम्मद रिजवानले पाकिस्तानको कप्तानी गर्नेछन्। यससँगै रिजवान पाकिस्तानी टेष्ट क्रिकेट टिमको नेतृत्व गर्ने ३३औं कप्तान हुनेछन्।

२४वर्षे इमरान बटलाई टेष्ट टिममा बोलाइएको छ। बट टेष्ट टिममा परेको यो पहिलो पटक हो। इमरानले काइदे आजम ट्रफीमा १९१ रन बनाएका थिए।

पाकिस्तानका मुख्य प्रशिक्षक मिसवाह उल हकले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाएपछि निराशा पोखेका छन्। तर टेष्ट टिममा केही परिवर्तन गरेपछि राम्रो नतिजा आउने उनले विश्वास लिएका छन्।

प्रतिक्रिया दिनुहोस्