काठमाडौं। लियोनल मेसीले आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि विश्व फुटबलका महान् खेलाडी पेलेले बार्सिलानोका फरवार्डलाई बधाई दिएका छन्।
बार्सिलोनाले गएराती स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध २-२ को बराबरी खेल्दा मेसीले एक गोल गरेका थिए। उक्त गोलसँगै मेसीले पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। बार्सिलोनाका लागि ६ पटक बालोन डी’अर अवार्ड जितेका मेसीको यो ६४३औं गोल हो।
पेलेले १९५६ देखि १९७४ सम्म ब्राजिलियन क्लब सान्तोसबाट खेल्दा ६४३ गोल गरेका थिए। पेलेले समाजिक सञ्जाल इन्स्टाग्रममार्फत् मेसीलाई बधाई दिएका छन्।
‘‘जब तिम्रो मुटु प्रेमले ओतप्रोत हुन्छ, तब तिम्रो मार्ग परिवर्तन गर्न कठिन हुन्छ,’’ पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘‘तिमीलाई जस्तै मलाई पनि सधै एउटै जर्सी लगाउन मन पर्छ। तिमीलाई जस्तै मलाई पनि घरमा महसुस गर्ने जस्तो आनन्द अन्यत्र पाउन सकिँदैन भन्ने लाग्छ। तिम्रो यो ऐतिहासिक कीर्तिमानमा बधाई छ। यी सम्पूर्ण कुरा भन्दा पनि बार्सिलोनामा तिम्रो सुन्दर करिअरका लागि बधाई।’’
ब्राजिलका पेलेले थपेका छन्, ‘‘दुभार्ग्य, हाम्रो जस्तो एउटै क्लबलाई यति लामो समय माया गर्ने कथा फुटलबमा बिरलै भेटिन्छन्। म तिम्रो धेरै प्रशंसा गर्छु।’’
" /> काठमाडौं। लियोनल मेसीले आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि विश्व फुटबलका महान् खेलाडी पेलेले बार्सिलानोका फरवार्डलाई बधाई दिएका छन्।बार्सिलोनाले गएराती स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध २-२ को बराबरी खेल्दा मेसीले एक गोल गरेका थिए। उक्त गोलसँगै मेसीले पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। बार्सिलोनाका लागि ६ पटक बालोन डी’अर अवार्ड जितेका मेसीको यो ६४३औं गोल हो।

">