काठमाडौं। लियोनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्।
बार्सिलोनाका मेसीले पेलेले एउटै क्लबबाट ६४३ गोल गरेर बनाएको कीर्तिमान बराबरी गरेका हुन्।
अर्जेन्टिनाका फरवार्ड मेसीले गएराति भ्यालेन्सियाविरुद्ध गोल गरेका हुन्।
मेसीले बार्सिलोनाका लागि २००५ मा पहिलोपटक गोल गरेका थिए। ३३ वर्षे फरवार्ड मेसीले पहिलो हाफको अन्तिममा मिनेटमा गोल गर्दै पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्।

मेसीले हानेको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलकिपर जाउम डोमेनेकले रोकेका थिए। तर, रिवाउन्डमा प्राप्त बललाई जोर्डी अल्बाले प्रहार गरेका थिए। अल्बाले हानेको प्रहार राम्रो क्लियर नहुँदा मेसीले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।
पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि १९ सिजनमा ६४३ गोल गरेका थिए। पेलेले १९५६ देखि १९७४ को बीचमा गोल गरेका हुन्।
तर, घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएपछि मेसीको कीर्तिमान छायाँमा पर्याे। मोउक्टर डियाखाबेले २९औं मिनेटमा गरेको गोलबाट भ्यालेन्सियाले अग्रता लियो।
मेसीले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए। रोनाल्ड अराउजोको गोलबाट बार्सिलोनाले ५२ मिनेटमा अग्रता लिएको थियो। ६९औं मिनेटमा भ्यालेन्सियाका म्याक्सिमिलियानो गोमेजले बराबरी गोल फर्काए।
बराबरीपछि १३ खेलबाट २१ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा छ। जुन शीर्ष स्थानका एट्लेटिको मड्रिडभन्दा आठ अंकले पछाडि हो।
चौथो स्थानको भिल्लारियालको भन्दा चार अंकले पछाडि हो। भ्यालेन्सिया भने १५ अंकका साथ १२औं स्थानमा छ।
" /> काठमाडौं। लियोनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्।बार्सिलोनाका मेसीले पेलेले एउटै क्लबबाट ६४३ गोल गरेर बनाएको कीर्तिमान बराबरी गरेका हुन्।

">