एट्लेटिकोले शीर्ष स्थानमा बनायो तीन अंकको अग्रता
<p>काठमाडौं। लुइस स्वारेजको दुई तथा डिएगो कोस्टाको एक गोलमा एट्लेटिको मड्रिडले आज एलचीलाई ३–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिकोले स्पेनिस ला लिगाको शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। </p>
<p>स्वारेजले ४१औं मिनेटमा गरेको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो। ५८औं मिनेटमा स्वारेजले एट्लेटिकोको अग्रता दोब्बर बनाए। स्वारेजले लिगमा तीन खेलपछि आज पहिलो पटक गोल गरेको हो। कोभिड–१९ का कारण स्वारेजले एट्लेटिकोको चार खेल गुमाएका थिए। </p>
<p>लुकास बोएले ६४औं मिनेटमा गरेको गोलबाट एलचीले पुनरागमनको संकेत गरेको थियो। तर खेल सकिन दश मिनेट बाँकी छँदा डिएगो कोस्टाले पेनाल्टीले गोल गरेपछि भ्रमणकारी एलचीको अंक जोड्ने प्रयास असफल भएको थियो। </p>
<p>जितसँगै १२ खेलबाट २९ अंक जोडेको एट्लेटिकोले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको थियो। १४ खेलबाट २६ अंक जोडेको रियाल सोसिडाड दोस्रो स्थानमा छ। समान २६ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ। रियालले १३ खेल खेलेको छ। एलची भने १२ खेलबाट १४ जोडेर १५औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
