पाकिस्तानको मुख्य छनोटकर्तामा वासिम नियुक्त
काठमाडौं। पाकिस्तानका पूर्व क्रिकेटर मोहम्मद वासिमलाई राष्ट्रिय पुरुष टिम छनोट कमिटीको प्रमूखमा नियुक्त गरिएको छ।

२०२३ को विश्वकपसम्मका लागि नियुक्त गरिएका वासिमले मिसबाह उल हकलाई स्थानान्तरण गर्नेछन्। बिहीबार र शुक्रबार अनलाइन माध्यमबाट लिइएको अन्तरवार्तापछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष इशान मणीले वासिमलाई नियुक्त गरेका हुन्।

मिसबाहको कार्यकालमा छनोट कमिटी सदस्यका रुपमा अनुभव लिएका वासिमले दक्षिण अफ्रिकाविरुद्ध मध्य जनवरीमा सुरु हुने दुई टेस्ट र तीन ट्वान्टी-२० अन्तर्राष्ट्रियको शृंखलाका लागि टिम छान्दै जिम्मेवारीको सुरुआत गर्नेछन्।

वासिमले पाकिस्तानका लागि १९९६ देखि २००० को बीचमा १८ टेस्ट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

“मैले विश्वका केही उत्कृष्ट खेलाडीहरुसँग खेल्ने मौका पाएको थिएँ। त्यसका लागि म आफूलाई भाग्यशाली मान्दछु। उनीहरुबाट सिकेका कुरालाई अहिले पाएको चुनौतीपूर्ण जिम्मेवारीमा प्रयोग गर्न सक्नेमा म विश्वस्त छु,” मुख्य छनोटकर्ताका रुपमा नियुक्त भएपछि वासिमले भने, “मलाई यस्तो महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेकोमा पिसिबीलाई धन्यवाद दिन चाहन्छु।”

प्रतिक्रिया दिनुहोस्