श्रीलंकाबिरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै <p>काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गर्दैछ।</p> <p>कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। श्रीलंकाको यु&ndash;२३ टोली छ। पुरुष क्रिकेट आजबाट शुरु भएको हो। पहिलो खेलमै नेपालले श्रीलंकाबिरुद्ध खेल्न लागेको हो।&nbsp;</p> <p>नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दैछन्। क्रिकेट २० ओभरको हुनेछ। क्रिकेटको महिलातर्फ सोमबार नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको थियो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्