काठमाडौं। नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का टी-१० लिगको टीम आबुधाबीमा ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’को रूपमा नियुक्त भएका छन्।
अघिल्लो सिजन पारसले आबुधाबीबाटै टी-१० लिग खेलेका थिए। यसपटक भने आबुधाबीले पारसलाई ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ का रूपमा नियुक्त गरेको जनाएको छ।
‘‘पारस खड्कालाई टीमको इमर्जिङ ट्यालेन्ट मेन्टरका रूपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौं,’’ टीम आबुधाबीले ट्विटरमा लेखेको छ, ‘‘नेपाली क्रिकेट टीमका लिजेन्ड यो सिजन टी-१० लिगमा मेन्टरको भूमिकामा हुनेछन्।’’
यो सिजनमा पारसले युवा खेलाडीको मेन्टरको काम गर्नेछन्। यससँगै पारस टीम अबुधाबीको प्रशिक्षण टीममा रहनेछन्।
पारस खड्काले नयाँ भूमिका पाउँदा आफू उत्साहित रहेको बताएका छन्।
पारसले भनेका छन्, ‘‘टीम आबुधाबीमा नयाँ भूमिका पाउँदा उत्साहित छु र त्यसका लागि तत्पर छु। आशा छ यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न सहयोग गर्ने छ र अवसरका नयाँ ढोकाहरू खाेल्नेछन्।’’
" /> काठमाडौं। नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का टी-१० लिगको टीम आबुधाबीमा ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’को रूपमा नियुक्त भएका छन्।अघिल्लो सिजन पारसले आबुधाबीबाटै टी-१० लिग खेलेका थिए। यसपटक भने आबुधाबीले पारसलाई ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ का रूपमा नियुक्त गरेको जनाएको छ।

">