टेष्ट क्रिकेटको इतिहासमै भारतको खराब प्रदर्शन
काठमाडौं। अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टको दोस्रो इनिङमा भारतले ३६ रन जोड्दा सबै विकेट गुमाएको छ। टेष्ट क्रिकेटमा भारतको यो सबभन्दा खराब प्रदर्शन हो।

घरेलु टोलीका जोश हाज्लेउडले पाँच तथा पाट कुमिन्सले चार विकेट लिएपछि भारत इनिङ ध्वस्त भएको थियो। पाहुना टोली भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। टेष्ट क्रिकेटको एक इनिङमा भारतले बनाएको यो सबभन्दा थोरै रन हो। ज्ञ

भारतका लागि ओपनर मयांक अग्रवालले सबभन्दा धेरै ९ रन बनाए। हनुमा विहारीले ८ रन बनाउँदा कप्तान विराट कोहली र ऋदिमन शाहले समान चार रन बनाए। उमेशकुमार यादव चार रनमा अविजित रहे। मोहम्मद शामी एक रनमा रिटायर्ट हर्ट भए।

भारतले ९÷१ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो। तेस्रो दिन भारतका कुनै पनि ब्याट्सम्यानले खेल्न सकेनन्।

अस्ट्रेलियाका हाज्लेउडले आठ रन दिएर पाँच विकेट लिँदा कुमिन्सले २१ रन दिएर चार विकेट लिए।

यससँगै अस्ट्रेलियाले अब जितका लागि ९० रनको लक्ष्य पाएको छ।

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले ५३ रनको अग्रता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्