न्युजिल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो

काठमाडौं। टीम सेइफर्टको अर्धशतक तथा ज्याकोब डुफेको चार विकेटप्रेरित न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा पाँच विकेटले विजयी भएको छ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। अकल्यान्डस्थित इडेन पार्कमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५३ रन बनाएको थियो। भ्रमणकारी पाकिस्तानका कप्तान शादब खानले ४२ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

शादबबाहेक फहीम अश्रफले ३१, इमद वासिमले १९, मोहम्मद रिजवानले १७, खुशदिल शाहले १६ रन बनाए भने शाहीन शाह दश रनमा अविजित रहे।

न्युजिल्यान्डका डुफेले चार ओभरमा ३३ रन दिएर चार विकेट लिए। स्कट कुगेलिनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिए। इश सोधी र ब्लेयर टिकनरले समान एक एक विकेट लिए।

१५४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका सेइफर्टले ४३ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए। मार्क चापमनले ३४ रन बनाउँदा ग्लेन फिलिप्सले २३ रन बनाए।

जेम्स नीसम १५ तथा मिचेल सन्टनर १२ रनमा अविजित रहे। पाकिस्तनका ह्यारिस राउतले तीन विकेट लिँदा शाहीन अफ्रिदीले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्