काठमाडौं। तीब्र गतिका बलर मिचेल स्टार्कले चार तथा पाट कुमिन्सले तीन विकेट लिएपछि अस्ट्रेलिया पहिलो टेष्टको पहिलो इनिङमा भारतलाई २४४ रनमा अलआउट गरेको छ।
एड्लेइड ओभलमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिन सकिँदा ६ विकेट गुमाएर २३३ रन बनाएको थियो। दोस्रो दिन भारतले उक्त स्कोरबाट थप ११ रन जोड्दा बाँकी विकेट गुमाएको थियो।
दोस्रो दिन थाल्दा भारतका ऋदिमन शाह ९ तथा रविचन्द्रन आश्विन १५ रनको स्थितिमा थिए। ऋदिमनले थप रन जोड्न सकेनन् भने आश्विनले १५ रन जोडेर पवेलियन फर्किए। उमेशकुमार यादवले ६ रन बनाउँदा मोहम्मद शामी शुन्यमा आउँट भए। जसप्रित बुमराह चार रनमा अविजित रहे।
ऋदिमन शाह र उमेशकुमारलाई स्टार्कले पवेलियन फर्काए भने आश्विन र शामीलाई कुमिन्सले आउट गरे।
पहिलो दिन भारतका विराट कोहलीले ७४ रन बनाए भने चेतेश्वर पुजरा ४३ तथा अजिन्क्या रहानेले ४२ रन बनाएका थिए। अस्ट्रेलियाका स्टार्कले चार विकेट लिँदा कुमिन्सको नाममा तीन विकेट रह्यो। जोश हाज्लेउड र नाथन लियोनले एक एक विकेट लिए।
" /> काठमाडौं। तीब्र गतिका बलर मिचेल स्टार्कले चार तथा पाट कुमिन्सले तीन विकेट लिएपछि अस्ट्रेलिया पहिलो टेष्टको पहिलो इनिङमा भारतलाई २४४ रनमा अलआउट गरेको छ।एड्लेइड ओभलमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिन सकिँदा ६ विकेट गुमाएर २३३ रन बनाएको थियो। दोस्रो दिन भारतले उक्त स्कोरबाट थप ११ रन जोड्दा बाँकी विकेट गुमाएको थियो।

">