काठमाडौं। पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आमिरले टिमको व्यवस्थापनबाट आफूलाई मानसिक प्रताडना दिएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
आमिरले टेस्ट क्रिकेटबाट २०१९ मै संन्यास लिइसकेका थिए। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफूमाथि अपमानजनक व्यवहार गरेको भन्दै आमिरले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।
पीसीबीले आफूलाई क्रिकेटबाट टाढा पुर्याउन खोजेको आरोप लगाउँदै आमिरले न्युजिल्यान्ड भ्रमणका लागि टिम छनोट गर्ने क्रममा प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीमा नपरेपछि आफू सोचमग्न भएको बताए।
“म क्रिकेटबाट टाढा गइरहेको छैन। मलाई टाढा लग्न खोजिँदैछ। ममाथि कस्तो व्यवहार भइरहेको छ भन्ने सबैले देखिरहेका छन्। ३५ खेलाडीको टिममा मलाई समावेश नगर्दा नै मलाई झटका लागिसकेको थियो,” आमिरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, “यो व्यवस्थापनको नेतृत्वमा मैले अब क्रिकेट खेल्न सक्दिन। मलाई जस्तो खालको मानसिक प्रताडना दिइराखिएको छ, त्यसलाई म अब धेरै झेल्न सक्दिन। त्यसैले अब म क्रिकेट छोड्दैछु। २०१० देखि २०१५ सम्म मैले धेरै प्रताडना सहेको छु। मैले गल्ती गरेँ र त्यसको सजाय पनि भोगेँ।”
२०१० मा स्पट फिक्सिङको आरोप प्रमाणित भएपछि आमिरलाई पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको थियो। त्यसपछि राष्ट्रिय टिममा पुनरागमन गरेर आमिरले पाकिस्तानलाई पहिलो पटक च्याम्पियन्स ट्रफी जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
आमिर २००९ मा ट्वान्टी–२० विश्वकप तथा २०१७ मा च्याम्पियन्स ट्रफी विजेता पाकिस्तानी टोलीका महत्वपूर्ण सदस्य थिए। पाकिस्तानका लागि १२ वर्ष खेल्ने क्रममा आमरिले ३६ टेस्ट, ६१ एकदिवसीय अन्तर्राष्ट्रिय तथा ५० ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। यसक्रममा उनले कुल २५९ विकेट लिए।
" /> काठमाडौं। पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आमिरले टिमको व्यवस्थापनबाट आफूलाई मानसिक प्रताडना दिएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।आमिरले टेस्ट क्रिकेटबाट २०१९ मै संन्यास लिइसकेका थिए। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफूमाथि अपमानजनक व्यवहार गरेको भन्दै आमिरले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।

">