काठमाडौं। मार्कुस राशफोर्डको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ३-२ को विजय हासिल गरेको छ। जितपछि प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ले टीमले उत्कृष्ट फुटबल खेलेको बताएका छन्।
घरेलु मैदानमा राम्रो नतिजा निकाल्न नसकेको युनाइटेडले अवे खेलमा भने जारी सिजन लिगमा सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ।
डेबिड म्याकगोल्डरिकको गोलबाट सेफिल्डले पाँचौं मिनेटमा अग्रता लिएको थियो। २६औं मिनेटमा राशफोर्डले बराबरी गोल फर्काए। ३३औं मिनेटमा एन्थोनी मार्सियालको गोलबाट युनाइटेडले अग्रता लियो। ५१औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल थपे।
खेल सकिन तीन मिनेट बाँकी हुँदा म्याकगोल्डले अर्को गोल थपे पनि घरेलु टीम सेफिल्डले युनाइटेडसँग अंक भने खोस्न सकेन।
‘‘सेफिल्डले गरेको पहिलो र दोस्रो गोलको बीचमा हामीले उत्कृष्ट फुटबल खेल्यौं। अन्तिम समयमा भने हामीलाई केही कठिन भयो,’’ सोल्सायरले भने।
जितसँगै १२ खेलबाट २३ अंक जोडेको युनाइटेड लिगको छैटौं स्थानमा उक्लिएको छ। युनाइटेड शीर्ष स्थानका लिभरपुलभन्दा पाँच अंकले पछाडि छ भने दोस्रो स्थानको टोटेनह्यामभन्दा चार अंकले पछाडी छ। तथापी लिभरपुल र टोटेनह्यामले एक खेल बढी खेलेका छन्।
त्यस्तै युनाइटेड तेस्रो स्थानको साउथह्याम्पटन र चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र पछाडि छ। युनाइटेडले पाँचौं स्थानको एभर्टनसँग अंक बराबरी गरेको छ। युनाइटेडले भन्दा साउथह्याम्पटन, लेस्टर र एभर्टनले एक खेल बढी खेलेका छन्।
" /> काठमाडौं। मार्कुस राशफोर्डको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ३-२ को विजय हासिल गरेको छ। जितपछि प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ले टीमले उत्कृष्ट फुटबल खेलेको बताएका छन्।घरेलु मैदानमा राम्रो नतिजा निकाल्न नसकेको युनाइटेडले अवे खेलमा भने जारी सिजन लिगमा सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ।

">