वायन रुनीका छोरा पनि युनाइटेडमा आबद्ध

काठमाडौं। इङ्ल्यान्डका पूर्व फरवार्ड वायन रुनीका छोरा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।

काई रुनीले बुबाकै पदचाप पछ्याउँदै युनाइटेडमा अनुबन्ध भएका छन्।

रुनीले ओल्ड ट्राफोर्डको क्लबसँग सम्झाैता गरेका ११ वर्षे छोरा काई र श्रीमतीको फोटो समाजिक सञ्जालमा राखेका छन्।

रुनीले २००४ देखि २०१७ सम्म युनाइटेडबाट खेलेका थिए।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘गर्वको क्षण। काई म्यानचेस्टर युनाइटेडसँग आवद्ध भएका छन्। कडा मिहिनेत जारी राख्नू।’’

रुनीले इन्स्टाग्रामा राखेको तस्वीरमा रुनी लेखिएको १० नम्बरको जर्सी छ। रुनीले युनाइटेडबाट खेल्दा पनि १० नम्बरकै जर्सी लगाउँथे।

युनाइटेडबाट सबभन्दा धेरै गोल गर्ने कीर्तिमान रुनीको नाममा छ। रुनीले ५५९ खेलमा २५३ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्