काठमाडौं। अस्ट्रेलिया भ्रमणमा रहेको भारतले विराट कोहलीको कप्तानमा मंगलबार ११ सदस्सीय टेष्ट टोलीको घोषणा गरेको छ।
एड्लेइडमा बिहीबारबाट हुने पहिलो टेष्टका लागि सार्वजनिक गरिएको टोलीअनुसार भारतको बलिङ आक्रमण रविचन्द्र आश्विन, उमेशकुमार यादव, मोहम्मद सामी र जसप्रित बुमराहले सम्हाल्नेछन्।
दिवा रात्री टेष्टमा भारतको टीममा कोहलीसँगै मयाङ अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजरा, अजिन्क्या रहाने, हनुमा विहारी, ऋदिमन शाह छन्।
अस्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको ट्वान्टी–२० शृंखला २–१ ले जितेको थियो। त्यस्तै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने अस्ट्रेलियाले २–१ ले जितेको थियो।
" /> काठमाडौं। अस्ट्रेलिया भ्रमणमा रहेको भारतले विराट कोहलीको कप्तानमा मंगलबार ११ सदस्सीय टेष्ट टोलीको घोषणा गरेको छ।एड्लेइडमा बिहीबारबाट हुने पहिलो टेष्टका लागि सार्वजनिक गरिएको टोलीअनुसार भारतको बलिङ आक्रमण रविचन्द्र आश्विन, उमेशकुमार यादव, मोहम्मद सामी र जसप्रित बुमराहले सम्हाल्नेछन्।

">