काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट वर्ल्डकप लिग २ को नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नेपालले ओमानमा हुने त्रिदेशीय शृंखला आगामी मार्चमा खेल्ने भएको छ।
नेपाल, अमेरिका र ओमनको सहभागिता हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला मार्चको १९ देखि २८ सम्म हुनेछ। आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार स्कटल्यान्डमा हुने अर्को शृंखला भने नेपालले जुलाईमा खेल्नेछ। उक्त श्रृंखलामा नेपालले स्कटल्यान्ड र नामिवियाविरुद्ध खेल्नेछ।
क्रिकेट वर्ल्डकप लिग-२ को एउटा शंखलामा ६ एकदिवसीय शृंखला हुन्छन्। कोभिड-१९ ले खेल स्थगित हुनुअघि क्रिकेट वर्ल्डकप लिग-२ मा दश खेल खेलेको ओमान १६ अंकका साथ शीर्ष स्थानमा छ। १२ खेल खेलेको अमेरिका १२ अंकका साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको नामिबियाले सात खेलबाट आठ अंक जोडेको छ।
सात खेलबाट सात अंक जोडेको युएई पाँचौं स्थानमा छ भने छैटौं स्थानमा रहेको नेपालले चार खेलबाट चार अंक जोडेको छ। पुछार रहेको पीएनजीले आठ खेलमा अंक जोड्न सकेको छैन।
त्यस्तै नेपालले २०२२ को फेब्रुअरीमा अर्को तीदेशीय शृंखला आयोजना गर्नेछ। नेपामै हुने शृंखलामा युएई र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्नेछन्। २०२२ को जुनाईमा नेपालले अमेरिका भ्रमण गर्नेछ। अमेरिकामा नेपाल र ओमान हुनेछन्। २०२२ को सेप्टेम्बरमा नेपालले पीएनजी भ्रमणमा निस्कनेछ। पीएनजी भ्रमणमा नेपालसँगै स्कटल्यान्ड हुनेछ।
२०२१ र २०२२ मा हुने १४ शृंखलामा ९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ। बाँकी शृंखला २०२३ को सुरूमै हुनेछ।
नेपालले २०२३ को फेब्रुअरीमा पुन अर्को शृंखला आयोजना गर्नेछ। उक्त शृंखलामा नामिबिया र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछ। फेब्रुअरीमै नेपालले युएईको भ्रमण गर्नेछ।
" /> काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट वर्ल्डकप लिग २ को नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नेपालले ओमानमा हुने त्रिदेशीय शृंखला आगामी मार्चमा खेल्ने भएको छ।नेपाल, अमेरिका र ओमनको सहभागिता हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला मार्चको १९ देखि २८ सम्म हुनेछ। आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार स्कटल्यान्डमा हुने अर्को शृंखला भने नेपालले जुलाईमा खेल्नेछ। उक्त श्रृंखलामा नेपालले स्कटल्यान्ड र नामिवियाविरुद्ध खेल्नेछ।

">