काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा रेलिगेशन क्षेत्रको वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ। पराजित भएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले निराशा पोखेका छन्।
इल्के गुन्डोगनले ३०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। सिटीका रक्षक रुबेन डियासले ४२औं मिनेटमा गरेको आत्मघाती गोलमा वेष्ट ब्रोमले बराबरी गरेको थियो।
बराबरीपछि सिटी १२ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामभन्दा पाँच अंकले पछाडि हो। वेष्ट ब्रोम भने सात अंकका साथ रेलिगेशन क्षेत्रमा छ।
‘‘सिजनमा अझै लामो यात्रा तय गर्नुछ। तर यस्तै नतिजा निकाल्ने हो भने हामी उपाधि होडमा रहन सक्दैनौं,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘हामीले अवसर पनि सिर्जना गर्यौं। बल पनि नियन्त्रणमा राख्यौं तर नतिजा आफ्नो पक्षमा पार्न सकेनौं।’’
" /> काठमाडौं। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा रेलिगेशन क्षेत्रको वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ। पराजित भएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले निराशा पोखेका छन्।इल्के गुन्डोगनले ३०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। सिटीका रक्षक रुबेन डियासले ४२औं मिनेटमा गरेको आत्मघाती गोलमा वेष्ट ब्रोमले बराबरी गरेको थियो।

">