काठमाडौं। कारिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति एथ्लेटिक विल्बाओलाई ३-१ हराएको छ।
जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानका क्लबसँग अंक बराबरी गरेको छ।
पाहुना टोली राउल गार्सियाले सुरुमै दई पहेंलो कार्डको सामना गरेपछि एथ्लेटिक विल्बाओ १० खेलाडीमा सीमित बनेको थियो।
आठौं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गरेका गार्सियाले १३औं मिनेटमा अर्को कार्डको सामना गरेर मैदान छाडेका थिए।
त्यसको फाइदा लिँदै टोनी क्रुसले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलबाट रियालले अग्रता लियो।
५२औं मिनेटमा एन्डर कापाले बराबरी गोल फर्काए। ७४औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलबाट रियाल पुनः अग्रता लियो। इन्जुरी समयमा बेन्जेमाले अर्को गोल थपेपछि रियालले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।
सबै खाले खेलमा गरेर रियालको यो लगातार चौथो जित हो। जितसँगै रियालले शीर्ष स्थानका रियाल सोसिडाडसँग अंक बराबरी गरेको छ।
शीर्ष स्थानको रियाल सोसिडाड, दोस्रो स्थानको एट्लेटिको मड्रिड र रियालको समान २६ अंक छ। तथापि एट्लेटिको मड्रिडले दुई खेल कम खेलेको छ। एथ्लेटिक विल्बाओ १४ अंकका साथ १३औं स्थानमा छ।
रियाल सोसिडाडले आज बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। रियालको परम्परागत उपाधि प्रतिद्वन्द्वी बार्सिलोना ९ अंकले पछाडि छ। १७ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ।
" /> काठमाडौं। कारिम बेन्जेमाको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति एथ्लेटिक विल्बाओलाई ३-१ हराएको छ।जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानका क्लबसँग अंक बराबरी गरेको छ।

">