काठमाडौं। इङ्लिस प्रिमियर लिगमा जितका लागि संघर्ष गरिरहेको आर्सनलले युरोपा लिगमा पनि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी पाएको छ। सोमबार सार्वजनिक गरिएको ‘ड्र’अनुसार आर्सनलले पोर्चुगलको बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ।
घरेलु लिगमा संघर्ष गरिरहे पनि आर्सनलले युरोपा लिगमा भने राम्रो नतिजा निकालेको थियो। समूह ‘बी’ मा रहेको आर्सनलले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो। समूह ‘बी’को शीर्ष स्थानमा रहेर युरोपा लिगको अन्तिम ३२ मा स्थान बनाएको आर्सनलले पोर्चुगलको क्लब बेनफिकालाई प्रतिद्वन्द्वी पाएको हो।
पोर्चुगल प्रिमियर लिगाको दोस्रो स्थानमा रहेको बेनफिका समूह ‘डी’को दोस्रो स्थानमा थियो। बेनफिकाले समूह चरणको ६ मध्ये तीन खेलमा जित तथा तीन खेल बराबरी खेलेको थियो। १२ जोडेको बेनफिका शीर्ष क्लब रेन्जर्स एफसी भन्दा दुई अंकले पछाडि रहेको थियो।
आर्सनल अहिले प्रिमियर लिगको १५औं स्थानमा छ। समूह ‘डी’को शीर्ष क्लब रेन्जर्सले अन्तिम १६ का लागि रोयल एन्टवर्पसँग प्रतिस्पर्धा गर्ने भएको छ। रोयल एन्टवर्प समूह ‘जे’ को दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाउन सफल भएको थियो।
प्रिमियर लिगकै लेस्टर सिटीले चेक गणतन्त्रको स्लाभिया प्रागसँग प्रतिस्पर्धा गर्नेछ। लेस्टरले समूह ‘जी’ को शीर्षस्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको हो। लेस्टर अहिले इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा छ। प्राग पनि घरेलु लिगको शीर्ष स्थानमा छ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगमा जितका लागि संघर्ष गरिरहेको आर्सनलले युरोपा लिगमा पनि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी पाएको छ। सोमबार सार्वजनिक गरिएको ‘ड्र’अनुसार आर्सनलले पोर्चुगलको बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ।घरेलु लिगमा संघर्ष गरिरहे पनि आर्सनलले युरोपा लिगमा भने राम्रो नतिजा निकालेको थियो। समूह ‘बी’ मा रहेको आर्सनलले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो। समूह ‘बी’को शीर्ष स्थानमा रहेर युरोपा लिगको अन्तिम ३२ मा स्थान बनाएको आर्सनलले पोर्चुगलको क्लब बेनफिकालाई प्रतिद्वन्द्वी पाएको हो।

">