काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोटेनह्यामले युरोपा लिगको अन्तिम ३२ मा अस्ट्रियाको उल्फसबर्गरविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।
जोजे माउरिन्होको टोटेनह्यामले समूह ‘जे’ को शीर्षस्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको थियो। टोटेनह्यामले समूह चरणका ६ मध्ये चार खेल जितेको थियो भने एक खेल बराबरी र एक खेलमा पराजित भएको थियो।
उल्फसबर्गर एसी भने समूह ‘के’ को उपविजेता हो। समूह के बाट डाइनामो जाग्रबले शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको थियो। जाग्रब १४ अंकका साथ शीर्षस्थानमा रहँदा उल्फसबर्गर १० अंकका साथ दोस्रो स्थानमा थियो।
टोटेनह्याम अहिले प्रिमियर लिगको शीर्ष स्थानमा छ भने उल्फसबर्गर अस्ट्रियन बुन्डेसलिगाको सातौं स्थानमा छ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोटेनह्यामले युरोपा लिगको अन्तिम ३२ मा अस्ट्रियाको उल्फसबर्गरविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।जोजे माउरिन्होको टोटेनह्यामले समूह ‘जे’ को शीर्षस्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको थियो। टोटेनह्यामले समूह चरणका ६ मध्ये चार खेल जितेको थियो भने एक खेल बराबरी र एक खेलमा पराजित भएको थियो।

">