काठमाडौं। लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड हुलियरको आज ७३ वर्षको उमेरमा निधन भएको छ।
फ्रान्सका नागरिक हुलियरले लिभरपुलमा १९९८ देखी २००४ सम्म प्रशिक्षण दिएका थिए। उनको प्रशिक्षणमा लिभरपुलले पाँच वटा मुख्य उपाधि जितेको थियो। त्यस्तै २०००-०१ को सिजनमा टोलीले उनैको प्रशिक्षणमा एफए कप, लिग कप र युईएफए कप गरी तेहोरो उपाधि जितेको थियो।
लिभरपुलसँगै हुलियरले लेन्स, पेरिस सेन्ट जर्मन (पीएसजी) र फ्रान्सको राष्ट्रिय टीम समेत सम्हालेका थिए। लिभरपुल छाडेपछि हुलियरले लियोनलाई दुई पटक फ्रेन्च लिग वानको उपाधि जिताएका थिए।
पछिल्लो पटक उनले एस्टन भिल्लाको प्रशिक्षण सम्हालेका थिए। तर नौ महिना प्रशिक्षण सम्हालेपछि २०११ मा उनले एस्टन भिल्ला पनि छाडेका थिए।
उनको निधनमा लिभरपुलले गहिरो समवेदना प्रकट गरेको छ। लिभरपुलले भनेको छ, ‘‘हामीलाई तेहोरो उपाधि जिताउन सफल हुलियरको निधनमा शोक व्यक्त गर्दछौं। क्लबका सबै हुलियरको परिवारको साथमा छौं।’’
त्यस्तै एष्टन भिल्लाले पनि उनको निधनमा समवेदना प्रकट गरेको छ।