काठमाडौं। बोरुसिया डर्टमण्डका फरवार्ड अर्लिङ हलान्डले क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिचलाई देख्दा आफू मन्त्रमुघ्ध हुने बताउँदै लामो र सफल करियरका लागि उनीहरू आदर्श उदाहरण भएको बताएका छन्।
उमेरले २० वर्षमात्र भए पनि युरोपका शीर्ष स्ट्राइकरहरूको सूचीमा आफूलाई उभ्याउन सफल हलान्डले आज सोमबार राति टुटोस्पोर्टसको गोल्डेन ब्वाय अवार्ड थाप्ने छन्।
साल्जबर्गबाट जनवरीमा डर्टमण्ड सरुवा भएका नर्वेका अन्तर्राष्ट्रिय खेलाडी हलान्डले त्यसयता बुुन्डेसलिगामा २३ गोल गरिसकेका छन्। औसबर्गविरुद्ध खेल्दै डेब्यु गर्ने क्रममै उनले ह्याट्रिक गरेका थिए।
रोबर्ट लेवान्डोवस्की (२८) र रोनाल्डो (२७)ले मात्र युरोपका शीर्ष पाँच लिगमा जनवरी १८ यता हलान्डभन्दा बढी गोल गर्न सकेका छन्।
युभेन्टसका रोनाल्डो ३५ वर्षको उमेरमा पनि अझैसम्म विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। यसैगरी मिलानका इब्राहिमोभिच अहिले ३९ वर्षका भइसके। तर उनले पनि यसबीचमा १९ गोल गरिसकेका छन्।
“रोनाल्डो र इब्राहिमोभिच दुई च्याम्पियन खेलाडी हुन्। उनीहरूको करिअर र अहिले पनि उनीहरूलाई मैदानमा देख्दा मन्त्रमुग्ध हुन्छु। लामो र सफल करिअरका लागि उनीहरू दुई जना मेरा आदर्श हुन्। मेरोमात्र नभई विश्वभरका युवा खेलाडीका लागि उनीहरू आदर्श फुटबलर हुन्,” हलान्डले भने।
" /> काठमाडौं। बोरुसिया डर्टमण्डका फरवार्ड अर्लिङ हलान्डले क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिचलाई देख्दा आफू मन्त्रमुघ्ध हुने बताउँदै लामो र सफल करियरका लागि उनीहरू आदर्श उदाहरण भएको बताएका छन्।उमेरले २० वर्षमात्र भए पनि युरोपका शीर्ष स्ट्राइकरहरूको सूचीमा आफूलाई उभ्याउन सफल हलान्डले आज सोमबार राति टुटोस्पोर्टसको गोल्डेन ब्वाय अवार्ड थाप्ने छन्।

">