काठमाडौं। क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा जेनोवालाई ३-१ ले पराजित गरेको छ। जितसँगै युभेन्टस चौथो स्थानमा रहेको छ।
भ्रमणकारी युभेन्टसले ५७औं मिनेटमा पाउले डिबालाको गोलबाट अग्रता लिएको थियो। ६१औं मिनेटमा स्टेफानो स्टुरारोले बराबरी गोल फर्काए। त्यसपछि रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि युभेन्टसले तीन अंक पक्का गरेको थियो।
७८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिए। जुवान कोर्डाडोलाई निकोलो रोभेलाले फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो।
८९औं मिनेटमा युभेन्टसले फेरि पेनाल्टी अवसर पायो। वैकल्पिक खेलाडी अल्भारो मोराटालाई जेनोवाका गोलकिपर माटिया पेरिनले फाउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको् थियो। जसलाई रोनाल्डोले गोलमा परिणत गरे।
जितसँगै युभेन्टस ११ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा चार अंकले पछाडि हो। दोस्रो स्थानमा इन्टर मिलान भन्दा एक अंकले पछि हो भने तेस्रो स्थानमो नेपोलीसँग बराबरी हो। पराजित जेनोवा रेलिगेशन क्षेत्रमा छ।
गएराति नेपोलीले साम्पडोरियालाई २-१ ले पराजित गर्याे। साम्पडोरिया ११ अंकका साथ १३औं स्थानमा छ।
छैटौं स्थानको एस रोमाले बोलोग्नामाथि ५-१ को सहज विजय हासिल गर्याे। बोलोग्ना १२ अंकका साथ १२औं स्थानमा छ। फियोरेन्टिमाथि ३-० को विजय हासिल गरेको एटलान्टा १७ अंकका साथ आठौं स्थानमा छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा जेनोवालाई ३-१ ले पराजित गरेको छ। जितसँगै युभेन्टस चौथो स्थानमा रहेको छ।भ्रमणकारी युभेन्टसले ५७औं मिनेटमा पाउले डिबालाको गोलबाट अग्रता लिएको थियो। ६१औं मिनेटमा स्टेफानो स्टुरारोले बराबरी गोल फर्काए। त्यसपछि रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि युभेन्टसले तीन अंक पक्का गरेको थियो।

">