काठमाडौं। जेम्स म्याडिसनको दुई गोलप्रेरित लेस्टर सिटीले गएराती ब्राइटनलाई ३-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
लेस्टरले तीन गोल नै पहिलो हाफमा गरेको थियो। जेमी भार्डेको सिर्जना गरिदिएको अवसरमा म्याडिसनले २७औं मिनेटमा लेस्टरलाई अग्रता दिएका थिए। ४१औं मिनेटमा भार्डे आफैंले जेम्स जस्टिनको पासमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट वित्न नपाउँदै म्याडिसनले भार्डेकै पासमा अर्को गोल थपे।
भार्डेले प्रिमियर लिगमा लेस्टरबाट सबभन्दा धेरै खेल खेल्ने कीर्तिमानसँग बराबरी गरेका छन्। लेस्टरबाट भार्डेको यो २२२औं खेल हो।
जितसँगै १२ खेलबाट २४ अंक जोडेको लेस्टर तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको टोटेनह्याम र दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले मात्र पछाडि हो। गएराति लिभरपुल र टोटेनह्याम बराबरीमा रोकिएका थिए। चौथो स्थानमा साउथह्याम्पटन छ। साउथह्याम्पटनले २३ अंक जोडेको छ।
साथह्याम्पटनले सेफिल्ड युनाइटेडमाथि ३-० को नतिजा निकाल्दै चौथो स्थानमा उक्लिएको हो। साउथह्याम्पटनको जितमा चे एडम्स, स्टुवार्ट आर्मस्ट्रङ र नाथन रेडमन्डले गोल गरे।
" /> काठमाडौं। जेम्स म्याडिसनको दुई गोलप्रेरित लेस्टर सिटीले गएराती ब्राइटनलाई ३-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।लेस्टरले तीन गोल नै पहिलो हाफमा गरेको थियो। जेमी भार्डेको सिर्जना गरिदिएको अवसरमा म्याडिसनले २७औं मिनेटमा लेस्टरलाई अग्रता दिएका थिए। ४१औं मिनेटमा भार्डे आफैंले जेम्स जस्टिनको पासमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट वित्न नपाउँदै म्याडिसनले भार्डेकै पासमा अर्को गोल थपे।

">